जनपत्रकार संगठन लुम्बिनी प्रदेशद्वारा पत्रकार महासङ्घलाई ध्यानाकर्षण पत्र

जनपत्रकार संगठन लुम्बिनी प्रदेशद्वारा पत्रकार महासङ्घलाई ध्यानाकर्षण पत्र

बुटवलः जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई बुटवलमा ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको छ ।

संगठनका प्रदेश अध्यक्ष दिपेश विष्टको नेतृत्वमा गएको टोलीले महासंघका प्रदेश महासचिव विक्रम खड्कालाई ज्ञापन पत्र बुझाएको हो । विष्टको नेतृत्वमा प्रदेश सचिव अनिल नेपाली, प्रदेश सहसचिव विहानी मगर, रुपन्देही जिल्ला संयोजक श्रीधर ज्ञवालीको सहभागिता रहेको थियो ।

ज्ञापनपत्रमा प्रदेशमा क्रियाशील श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वसहित भौतिक सुरक्षाको प्रत्याभूत हुने खालको वातावरण निर्माणमा सम्बन्धित सरोकारवालाहरुसँग आवश्यक पहल गर्नुपर्ने, कोभिडको बेला अग्रमोर्चामा अहोरात्र खट्ने पत्रकारहरुको बिमा, जोखिम भत्ता, स्वास्थ्य उपचारको साथै कोभिडकै कारण रोजगार गुमाएका पत्रकारहरुको पुनस्र्थापना गरिदिन सरोकारवालासँग पहल गर्नुपर्ने, प्रदेशभित्र रहेका सदस्यहरुको सुद्धीकरण गरी महासंघलाई मर्यादित र जिम्मेवार बनाउँदै क्रियाशील पत्रकारहरुलाई सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने वातावरणको सुनिश्चित गर्नुपर्ने लगयातका मागहरु रहेका छन् ।
संगठनले देशैभर नेपाल पत्रकार महासंघलाई मागपत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :