नेकपा दोलखाको १२ औं पूर्ण बैठक सम्पन्न

नेकपा दोलखाको १२ औं पूर्ण बैठक सम्पन्न

चरिकोट: नेपाल कम्युनिस्ट पार्टी दोलखाको १२ औं पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी आकाशको अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य सिन्धुपाल्चोक दोलखा जिल्ला इन्चार्ज प्रवीणको प्रमुख आतिथ्यतामा बसेको बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकमा असोज २२ गतेदेखि माग ५ सम्मको योजना कार्यन्वयनको समीक्षा भएको थियो । जिल्ला कमिटी सदस्यहरूले आफ्नो रिपोर्टिङ गरेका थिए । जिल्लाको समग्र रिपोर्टिङ जिल्ला सेक्रेटरी आकाशले राखेका थिए ।

विशेष कमिटी सदस्य अर्जुन र यादव दाहालले मन्तव्य राखेका थिए भने प्रमुख अतिथि प्रवीणले बैठकमा उठेका जिज्ञासा जवाफसहित आगामी कार्ययोजना र कोभिड १९ को तेस्रो लहर नेपालमा फैलिएकाले जनतामा सचेतना जगाउने, स्थानीय सरकारलाई खोपको चाडैं व्यवस्थापन र स्वास्थ्य मापदण्ड अपनाउन समेत आग्रह गर्ने, अभियान संचालन गर्ने र समसामयिक राजनीतिक विषयमा प्रष्ट पारेका थिए ।

जिल्लामा विभाग, भुगोल, जवस मोर्चा र उत्पादनको सबैको कार्यविभाजनसहित जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :