जनपत्रकार संगठन नेपाल दाङद्वारा पत्रकार महांसघलाई ५ बुँदे ज्ञापनपत्र पेश

जनपत्रकार संगठन नेपाल दाङद्वारा पत्रकार महांसघलाई ५ बुँदे ज्ञापनपत्र पेश

जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङले नेपाल पत्रकार महासंघ दाङ शाखालाइ ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार महासंघको कार्यालयमा सो संगठनका जिल्ला अध्यक्ष सहितका नेताहरु पुगि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित अनुशासित र जिम्मेवार बनाउन संगठनद्वारा विभिन्न सुझावसहित ज्ञापनपत्र पेश गरिएको छ ।

जनपत्रकार संगठन नेपाल दाङ जिल्ला अध्यक्ष हेमन्त प्रकाश ओलीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत तथा भौतिक सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न पहल गर्नुपर्ने, कोभिड १९ का कारण रोजगार गुमाएका संचारकर्मीको पुनर्स्थापन, राहत र स्वास्थ्य उपचारका लागि पहल गर्नुपर्ने साथै कोभिड १९ को तेस्रो लहरको संक्रमण दिनानुदिन बढिरहेकाले संचारकर्मीहरुको प्रभावकारी परिक्षण, संक्रमित संचारकर्मीहरुको उचित उपचारको व्यवस्थापन र कोभिड १९ विरुद्धको खोप आम संचारकर्मीको पहुँचमा पुर्याउनुपर्ने, समानुपातिक विज्ञापन प्रणालीलाई कार्यान्वयन गर्न पहल गर्नुपर्ने, महासंघको सदस्यता प्राप्त गर्ने सन्दर्भमा देखिएका समस्याहरु हल गर्नुपर्ने, पत्रकारहरुलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने, पत्रकारिता गरिरहेका पत्रकारहरुको बृद्धि विकास र क्षमता अभिबृद्धिका लागि तालिम र प्रशिक्षणको व्यवस्था गर्नुपर्ने लगायतका सुझावसहितको ज्ञापनपत्र पेश गरिएको हो । ज्ञापनपत्रका विषयमा बोल्दै महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले संगठनद्वारा विभिन्न सुझावसहितका मागहरुप्रति महासंघ सकारात्मक रहेको बताए । उनले आगामी दिनमा महासंघले संगठनसँग समन्वय गर्दै पत्रकारहरुको हकहित र अधिकार प्राप्तिका लागि हातेमालो गर्दै अघि बढ्ने समेत बताए ।

ज्ञापनपत्रको पूर्णपाठः

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :