कम्युनिस्ट आन्दोलनमा समाज निर्माणका समस्याहरु

कम्युनिस्ट आन्दोलनमा समाज निर्माणका समस्याहरु

नेपालमा मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट समाज निर्माणका समस्या देखिएका छन् किनभने कम्युनिस्ट भनेर मात्र हुँदैन कम्युनिस्ट समाज पनि चाहिन्छ । त्यो समाज निर्माण गर्ने कुराहरूमा कम्युनिस्ट पार्टी र नेतृत्वमा कम्युनिस्ट समाज निर्माण गर्न नसकेको कुरा देखिन्छ । हामी कम्युनिस्टहरू जबसम्म कम्युनिस्ट समाज निर्माण गर्ने कुरामा ध्यान पु¥याउँदैनाैँ तबसम्म कम्युनिस्ट सत्ता र वैज्ञानिक समाजवादको निर्माण र रक्षा गर्न सक्दैनौँ । पुँजीवादी समाजले साह्रा संसार आफ्नो नियन्त्रणमा लिएको समयमा अर्को समाज निर्माण गर्दा त्यसको चेतना वैज्ञानिक दृष्टिकोण निर्माण गर्ने कम्युनिस्टहरूले आफ्नो समाजको चेतना स्तर उठाउने योजना र नेतृत्व आवश्यक हुन्छ । यो बोली मात्र होइन, व्यवहारमा लागू गर्न आवश्यक हुन्छ । पुँजीवादी समाजले वर्ग विभाजन गरेर बसेको बेला त्यसलाई रूपान्तरण गरेर अर्को समाज निर्माण गर्ने कुरामा कम्युनिस्टहरू नै आफ्नो समाज निर्माण गर्न समस्यामा परेको हो वा समाज निर्माणमा ध्यान नदिएको हो ? यसका बारेमा आजका कम्युनिस्टहरूले छलफल गर्न आवश्यक छ । जबसम्म हाम्रो आफ्नो वैज्ञानिक समाज हुँदैन तबसम्म साम्यवाद होइन, जनवादी गणतन्त्रसम्म पनि पुग्न सक्दैनौँ । आफ्नो कम्युनिस्ट समाज निर्माण गर्ने कुरामा राजनीतिक रूपमा जुन तारिकाले अगाडि आए त्यही तरिकाबाट समाज निर्माणमा चुकेको देखिन्छ । यसको समाधान के हो, अहिलेसम्म किन समाज निर्माणमा नेतृत्वमा समस्या हो वा वर्ग दृष्टिकोणमा भन्ने बारेमा नेपालका कम्युनिस्टहरूले समीक्षा गर्न आवश्यक छ । होइन भने कम्युनिस्ट समाज किन निर्माण भएन भन्ने हुन्छ । होइन भने राजनीति बिनाको सिद्धान्त सिद्धान्त बिनाको राजनीतिक विज्ञान विरोधाभासपूर्ण हुन्छ । यसले कम्युनिस्ट संस्कृति निर्माण होइन, विघटनतिर लग्छ र लगेको इतिहास हामीसँग छ ।
कम्युनिस्ट समाजमा वर्ग विभाजन हुँदैन र समाज पनि विभाजन हुँदैन भन्ने कुरा आजका कम्युनिस्टहरूले भन्न र बोल्न आवश्यक छ । कम्युनिस्ट समाज निर्माण नगर्ने वैज्ञानिक समाजवादको व्यख्या गर्ने हो भने पानी बिनाको माछा कस्तो हुन्छ, वैज्ञानिक समाजवादी व्यवस्था पनि त्यस्तै हुन सक्छ, भएको पनि छ । यसका बारेमा २१ औँ शताब्दीका कम्युनिस्टहरूको समाज निर्माण आज अपरिहार्य भएको छ । पुँजीवादी समाजको अन्त्य र कम्युनिस्ट समाज निर्माण गर्न हामी कम्युनिस्टहरू तयार भयौँ भने पुँजीवादी समाजले फेरि आफ्नो वर्चस्व जमाउन सक्छ । कम्युनिस्टको सत्ता कल्पनामा मात्रै सीमित हुनसक्छ । कम्युनिस्ट समाजमा वर्ग विभाजन हुन्छ कि हुँदैन ? समाज सामूहिक हुन्छ कि टुक्रे समाज के हुन्छ भन्ने कुरा कम्युनिस्टहरूले प्रस्ट गर्नुपर्छ । आफ्नो कम्युनिस्ट समाज, सांस्कृतिक जबसम्म निर्माण हँुदैन तबसम्म कम्युनिस्ट शासन टिकाउन गाह्राे नै हुन्छ । विश्वका जनतालाई कुन समाज ठीक र बेठीक भन्ने कुरा नेपालबाट हामी कम्युनिस्टहरूले सोच्ने होइन भने समाज निर्माण गर्न गाह्राे हुन सक्छ । माक्र्सले समाज बदल्ने हो भने जस्तै आजका कम्युनिस्टहरूले बदलिएको समाजको कसरी रक्षा गर्ने भन्ने कुरा आजका कम्युनिस्टहरूले सोच्न आवश्यक छ । समाज परिवर्तन गर्न समाजमा गाँजिएको संस्कार, संस्कृतिलाई परिवर्तन गर्नुपर्छ । कम्युनिस्ट समाज भनेको सामूहिक उत्पादन र समानुपातिक वितरणसँग रमाउने संस्कृतिलाई कम्युनिस्ट समाज भन्छन् । यस्तो समाज निर्माण गर्न सबैभन्दा पहिला हामी र हाम्रो सामाजिक मूल्यमान्यता कस्तो बनाउने भन्ने कुरा कम्युनिस्टहरूले आफ्नो सामाजिक संरचनाका बारेमा आफ्नो व्यवहार देखाउन आवश्यक छ । आफ्नो सङ्गठनभित्र साङ्गठनिक संरचना, पार्टीको विचार र व्यवहारमा जनतालाई देखाउन आवश्यक हुन्छ । कम्युनिस्ट पार्टीका सदस्यहरूलाई कम्युनिस्ट विचार र आस्थावान् जनतालाई कम्युनिस्ट समाजका बारेमा पहिला स्पष्ट बनाउन आवश्यक छ । हाम्रो कमजोरी पुँजीवादी समाजमा रमाउने अनि कम्युनिस्ट समाजको कल्पना नै नगर्ने कम्युनिस्ट नेतृत्व भएकै कारण कम्युनिस्ट समाज निर्माणमा समस्या आएको देखिन्छ । सबैभन्दा पहिला हामी कम्युनिस्ट हौँ भने समाज रूपान्तरणका बारेमा समाजभित्रको खास अन्तर के हो ? पुँजीवादी समाज र कम्युनिस्ट समाजमा के फरक छ भनेर आफ्नो जीवन व्यवहारमा कम्युनिस्टहरूले देखाउन सक्नुपर्छ । त्यसो गर्न नसक्दा नै समाज परिवर्तनमा समस्या आएको देखिन्छ । हाम्रो समाजको इतिहासलाई नहेरीकन अर्को समाज रूपान्तरणको कुरा गर्नु भनेको आदर्शवादी हुन्छ किनभने समाज निर्माण ईश्वर, अल्लाह, भागवानले गरिदिन्छ भन्ने सोचाइका पछि लाग्ने कम्युनिस्ट र कम्युनिस्ट नेतृत्व भएका कारण गर्दा आज समाज निर्माणमा समस्याहरू छन् । कम्युनिस्टहरू वैज्ञानिक समाजवादी समाज निर्माण गर्ने भन्ने अनि पर गएर गाईपूजा गर्ने, टाउको खौरेर किरिया बस्ने, सप्ताह–पुराण लगाउने कम्युनिस्टहरूलाई के भन्ने होला ? यस्तै नेतृत्वले गर्दा कम्युनिस्ट समाज निर्माणमा समस्या आएको देखिन्छ ।
मानव समाजको उत्पत्तिदेखि अहिले हामीहरूसम्म धेरै उतारचढावबाट आएको समाज हो । आदिम साम्यवादी समाज हुँदै पुँजीवादी समाजसम्मको इतिहासलाई राम्रोसँग अध्ययन गर्ने हो भने सम्भावना र चुनौतीहरू छन् तर यसको निकास, विकास कम्युनिस्ट समाजमा मात्र हुन्छ भन्ने कुरा आदिम साम्यवादी समाजदेखि अहिलेको पुँजीवादी समाजसम्म आउँदा कम्युनिस्ट समाज अथवा वैज्ञानिक समाजले मात्र सबैको न्याय, हित दिन्छ भन्ने कुरा प्रमाणित भएको छ । यो कुरा अहिलेको विश्वमा फैलिएको महामारी कोरोनाले देखाएको छ । जुन देशमा समाजवादी सत्ता छन् ती देशहरूमा खासै असर भएन । जुन देशमा पुँजीवादी सत्ता छ त्यो देशका नागरिकहरूले धेरै ठूलो क्षति बेहोर्नुप¥यो ।

हाम्रो समाजमा किन अन्तरविरोध छ ? यसका बारेमा केही कुरा प्रस्ट गर्न आवश्यक छ । हाम्रो मानव समाज जङ्गली युगदेखि अहिलेसम्मको समाजभित्रको मुख्य अन्तरविरोध केमा र के कारणले भएको हो भन्नेबारेमा आज वैज्ञानिकहरू र इतिहासकारहरूले खोजअनुसन्धान गर्दै आएका छन् । अझै पनि खोज गर्दैछन् । यसको मुख्य अन्तरविरोध किन र कसरी भयो त ? केही वैज्ञानिक तथ्य कुराहरू, कम्युनिस्ट समाज र पुँजीवादी समाज किन भयो त ? यसका बारेमा कम्युनिस्टहरूले भन्न आवश्यक छ । नेपालका कम्युनिस्टहरूले समाजको भित्री अन्तरविरोध पत्ता लगाउन र यसको निकास दिन आवश्यक छ । समाजमा मुख्य रूपमा गाँस, बास, कपास र निजी सम्पत्तिले गर्दा नै मानव समाजभित्र अन्तरविरोध भएको देखिन्छ । यसका बारेमा हाम्रो समाजभित्र जङ्गली युगमा सिकार र कन्दमूल खोज्दै जाँदा खाने कुराहरूमा धेरै र थोरै, पाइने, नपाइने, राम्रो, नराम्रो, तातो, चिसो, खाने, बस्ने, लागाउनेलगायत कुराहरूबाट मानव समाजभित्र अन्तरविरोध आएको देखिन्छ र त्यो आजसम्म पनि कायमै छ । तर त्यो युगको अन्तरविरोध र अहिलेको अन्तरविरोधका रूपहरू फरक छन् किनभने मानव समाजको चेतना र विज्ञानप्रविधिको विकासले गर्दा आज मानव समाजका अन्तरविरोधहरू पनि त्यही हिसाबले फरक खालका छन् । इतिहासलाई अध्ययन र समीक्षा गर्ने वर्तमानको विकसित समाजभित्रको अन्तरविरोधलाई केलाउने भविष्यमा सही तरिकाले वैज्ञानिक समाज निर्माण गर्ने कुराहरूमा आज नेपालका युवा कम्युनिस्टहरूले सोच्न आवश्यक भएको छ अनि मात्र हाम्रो मानव समाजभित्रको अन्तरविरोध किन र कसरी भयो ? अहिले पनि छ भन्ने कुरा हाम्रो नेपाली समाजलाई प्रस्ट पार्न आवश्यक छ । सन् १८४८ मा माक्र्सले समाजभित्रको अन्तरविरोधलाई हल गर्ने कुराहरूमा प्रस्ट पार्दै छोटकरीमा निजी सम्पत्तिको अन्त्य भन्दै कम्युनिस्ट घोषणापत्रमा लेख्नुभयो तर जुन कुरा माक्र्सले उठाउनुभयो त्यो लागू हुन नसकेको देखिन्छ किनकि पुँजीवादी समाज र दलाल पुँजीवादी समाजले वैज्ञानिक समाजलाई निषेध गर्न खोजेकै कारण ले गर्दा वैज्ञानिक समाज र पुँजीवादी समाजमा ठूलठूला अन्तरविरोधहरू छन् । ती अन्तरविरोधले गर्दा नै आज विश्वमा दुई प्रकारका अन्तरविरोध सतहमा आएको देखिन्छ । यसको मुख्य समस्या भनेकै निजी स्वामित्व र निजत्वको कारणले गर्दा नै मानव समाजमा ठूलाठूला सामाजिक अन्तरविरोध देखिन्छ । यी अन्तरविरोधहरू कसले र कसरी भए भन्नेबारेमा आज नेपालका कम्युनिस्टहरूले सही तरिकाबाट पत्ता लगाएर समस्या समाधान गर्न आवश्यक छ ।

समाज भित्र अन्तरविरोध हुन्छ र ती अन्तरविरोधहरु के कारणले हुन्छन् भन्ने कुरा सही तरिकाले पत्ता लगाउने र त्यसको समाधान खोज्ने विधि भनेकै वैज्ञानिक समाजवादी विधिबाट मात्र गर्न सकिन्छ भन्ने कुराहरु आजका कम्युनिस्टहरुले सोच्नु पर्दछ । धनी र गरिब, पुजीवादी र सर्वहारा, मालिक र मजदुर, नयाँ र न्याय जस्ता कुराहरु मानव समाज भित्रका मुख्य अन्तरविरोधहरु हुन् । यी सबै अन्तरविरोधको समाधान गर्ने व्यवस्था आजको नेपाली समाजलाई चाहियो त्यसको सही समाधान कुन व्यवस्थाले गर्न सक्छ भन्ने कुरा हाम्रो नेपाली समाजलाई प्रष्टसँग व्यवहार देखाउन आवश्यक छ । मानव समाजलाई गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सूचना राज्यले दिने नीति बनाएर वैज्ञानिक तरिकाले समाजवादलाई परिचालन गर्ने नीति र विधि, संविधानमा राख्नु पर्छ । पर्याप्त पैसाले होइन नागरिकको बारेमा सही तरिकाले सोच्ने व्यक्तित्वलाई त्यो देशको मुख्य नेतुत्व बनाएर लगे मात्र आजको मानव समाजको अन्तरविरोधको समस्या समाधान गर्न सकिन्छ भन्ने कुरा सम्पूर्ण नागरिकलाई आफ्नो स्वतन्त्र मतद्वारा जनमत संग्रहबाट आफ्नो मतद्वारा जनताले आधिकारिक मत दिएर मात्र समाजको अन्तरविरोध समाधान गर्न सकिन्छ भन्ने कुरा आज नेपाली राजनीतिले प्रष्टसँग देखिएको छ। यसको बारेमा सच्चा कम्युनिस्टहरुले वैज्ञानिक समाजवाद मात्र समाजको अन्तरविरोध हल हुन्छ भनेर पुजीवादी समाजबाट वैज्ञानिक समाज निमार्णको महान यात्रामा रुपान्तरण गर्नु नै समाज भित्रको अन्तरविरोधलाई सही तरिकाले समाधान गर्न सकिन्छ भन्ने कुरा बुझ्न र बुझाउन सकिन्छ ।

अहिलेसम्मको हाम्रो समाज टुक्रे उत्पादन र अर्थ केन्द्रीत पुजीवादी चेतनमा लैस भएको कारणले गर्दा नै हाम्रो समाज भित्रका मुख्य अन्तरविरोध हुन् । यसको समाधान भनेको निजि सम्पत्तिको अन्त्य र सामुहिक उत्पादन प्रणालीको विकासले मात्र हाम्रो समाजको अन्तरविरोधलाई समाधान गर्न सकिन्छ भन्ने कुरा वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र गर्न सक्छ । अहिलेको दलाल संसदीय व्यवस्थाले हामी सच्चा कम्युनिस्टहरुलाई मात्र होइन संसदीय व्यवस्था सही हो भन्ने पार्टीहरुलाई पनि यो व्यवस्था असफल भयो भन्ने पाठ सिकएको देखिन्छ । र समाजभित्रको मुख्य अनरविरोध पुजीवादी व्यवस्था हो र यो व्यवस्थाको उच्च रुप नै वैज्ञानिक समाजवादी व्यवस्था हो अन्तरविरोधको समाधान नै वैज्ञानिक समाजवादी व्यवस्थाले गर्छ ।

हाम्रो समाजमा एउटा यस्तो खालको चिन्तन छ जुन चिन्तनले गर्दा हाम्रो समाजभित्र जबरजस्ती रुपमा पुजीवादी चेतना निर्माण गरिदिएको देखिन्छ । त्यो भनेको अध्यात्मक आदर्शवादी चिन्तन हो । यो चिन्तनले धनी, गरिब, राजा, महाराज, जमिन्दार, मजदुर, मालिक, दास यी सबै कुरा भगवान, इर्श्वर, अल्लाह, प्रभुहरुले बनाएको खेल हो भनेर हाम्रो मानव समाजलाई दृष्टि भ्रम पारेर जबरजस्ती रुपमा समाजमा दलाल पुजीवादी व्यवस्थालाई मानव समाजमा लादेको देखिन्छ । यसको बारेमा पुजीवादीहरु मानव समाजलाई काल्पनिक कुराहरु गरेर मान्छेलाई दृष्टि भ्रम पार्दै आफ्नो एकलौटी शासन चलाएका छन् । यसलाई सही तरिकाले अहिलेको २१ औँ शताब्दीमा समाजमा गाँजिएको पुजीवादलाई अन्त्य गर्न भौतिकवादी दृष्टिकोण भएको वैज्ञानिक समाजवादी व्यवस्थाको बारेमा वैज्ञानिक विचार भएको समाजवादी व्यवस्था निर्माण गर्न आजका इमान्दार कम्युनिस्टहरुले नेपाली जनतालाई भन्न आवश्यक छ । किन धनी, दुखी, सुखी, पुजिपती, सर्वहारा, तल्लो जात, माथिल्लो जात यी सबै कुराहरु किन र कसले निर्माण गरेको हो भन्ने कुरा समाजका अगुवा भन्ने सामान्तहरुले काल्पनिक आदर्शवादी नीति बनाएर समाजमा अन्तरविरोधाभास कुराहरुलाई बनावटी संस्कार संस्कृति निर्माण गरेर मानव समाजभित्र पुजिवादको विकासले गर्दा नै समाज भित्र पुजिवाद गाँजिएको छ । यसको मुख्य नीति भएको करणले गर्दा सामन्तवादी भू -स्वामित्व कायम गर्न निजि सम्पत्तिको रक्षा गर्न उसको मुख्य उदेश्य देखिन्छ । यसको अन्त्य वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र गर्दछ भन्ने कुरा आज नेपालका संसदवादीहरुको रबैयाले देखाइएको छ । ‌पुजिवाद हाम्रो समाजमा पुजिवाद किन हाबी भएको छ भन्ने कुरा आज विश्वका कम्युनिस्टहरुले भन्दै आएका छन् तर यसको वास्तविक गहिराइमा पुगेको देखिदैन किनभने समाजमा पुजिवाद किन गाँजिएको हो पुजिवादले मानव समाजलाई किन र कसरी टिकाइ रहेको छ । वैज्ञानिक समाजवादलाई सजिलै तरिकाले पुजिवादमा पतन गराएको छ भन्ने बारेमा हामी वैज्ञानिक समाजवादी भन्दै हिड्ने आजका कम्युनिस्टहरुले समाज निर्माण गर्न आफ्नो आन्दोलनलाई नयाँ तरिकाले नयाँ योजना हामीले हाम्रो वर्गलाई किन भन्दैनौ । कम्युनिस्टहरु भन्ने, समाज निर्माण भन्ने मात्र जीवन व्यवहारमा पुजीवादी संस्कार संस्कृतिमा रमाउनुको कारणले गर्दा नै हाम्रो समाजमा पुजीवादी गाँजिएको छ । हाम्रो समाजमा पुजीवाद गाँजिनुका मुख्य दुई वटा कारणहरु छन् । पहिलो कम्युनिस्टहरु आफ्नो मार्गदर्शन सिद्धान्तमा अडिग नहुनु दोस्रो पुजीवादी संस्कार संस्कृतिमा विलय हुनुका कारणले गर्दा नै हाम्रो समाजमा पुजीवाद गाँजिएको देख्न सकिन्छ । यसको अन्त्यको लागि कम्युनिस्टहरु मालेमावादी सिद्धान्तमा मुखले होइन कि व्यवहारबाट नै कम्युनिस्ट सिद्धान्तमा लागेर २१ औं शताब्दीको कम्युनिस्ट चेतनाको विकास गर्न आवश्यक छ । किनभने १९ औं शताब्दीतिर रुस खोस्चेवहरुले ल्याएको संसदनवादी नीति लागू गर्ने अनि श्रमिक जनतालाई हामी कम्युनिस्ट हौ भनेर बोलि र व्यवहार फरक भएको कारणले गर्दा आज विश्व कम्युनिस्ट आन्दोलनभित्र पुजिवाद गाँजिएको देखिन्छ ।

यी माथिका सम्पूर्ण समाज भित्रका अन्तरविरोधहरुलाई समाधान गर्न मार्क्सले सन् १८४८ मा कम्युनिस्ट घोषणा पत्रमा लेख्नु भयो कि निजि सम्पत्तिको अन्त्य जुन कुरा आजका कम्युनिस्टहरुले लागू गर्न नसक्नु र अतिरिक्त मुल्यको सिद्धान्तलाई पुजीवादीहरुले नक्कल गरेर समुह सहकार्य, कम्युनबाट पुजीवादको विकास र वैज्ञानिक समाजवादलाई असफल पार्न कम्युनिस्ट आन्दोलनभित्र आफ्ना दलाल नक्कली कम्युनिस्ट बनाएर घुसपइट गराएको कारणले गर्दा नै आज समाजमा पुजीवाद गाँजिएको देखिन्छ । अर्को कुरा मार्क्सदेखि अहिलेसम्मका सम्पूर्ण कम्युनिस्टहरुले पुजिवाद खराब हो भनेर लेखेका छन् तर व्यवहारमा लागू गर्न सकेका छैनन् । यसको मुख्य कारण भनेकै कम्युनिस्ट समाज निर्माण गर्न नसक्नु नै हो । कम्युनिस्टको समाज कस्तो हुन्छ भनेका मात्र छन् तर व्यवहार निर्माण गरेर व्यवहारमा सर्वहारा वर्गलाई नदेखिएको कारणले गर्दा नै कम्युनिस्ट होइन कि पुजीवादी समाजले गाँजिएको देखिन्छ । यसको बारेमा हामी कम्युनिस्टहरुले समीक्षा गरेर वैज्ञानिक समाज निर्माण गर्दै गाँजिएको पुजीवादको अन्त्य गर्न इमानदार कम्युनिस्टहरु एक ठाउँमा आउन जरुरी देखिन्छ । पुजीवादलाई परास्त गर्न समाजमा गाँजिएको पुजीवादलाई अन्त्य गर्न आज २१ औं शताब्दीमा एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवद निर्माणको अभियानमा लाग्न र वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्न एक मात्र निर्विकल्प वैज्ञानिक समाजवाद नै हो भन्ने कुरा आजका कम्युनिस्टहरुको चेतना बृद्धि भयो भने समाजमा गाँजिएको पुजीवादलाई फाल्न सकिन्छ ।

नेतुत्व र दृष्टिकोणको बारेमा विश्व कम्युनिस्ट र नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलठूला बहसहरु भएका छन् । कम्युनिस्ट आन्दोलनमा सकारात्मक नकारात्मक बहसहरु भइराखेको बेला नेतुत्व र दृष्टिकोण भनेको गम्भीर विषय भएको कारणले गर्दा नै नेतुत्व दृष्टिकोण भन्ने शब्द आफैमा धेरै समवेदनशिल विषय हो । विश्व कम्युनिस्ट आन्दोलनमा मात्र होइन मानव समाजको विकासदेखि अहिलेसम्मको मानव समाजको इतिहासलाई बुझ्ने, बदल्ने र व्याख्या गर्ने आफैमा धेरै समवेदनशिल विषय हो । कम्युनिस्ट आन्दोलनमा मात्र होइन मानव समाजको विकासदेखि अहिलेसम्मको मानव समाजको इतिहासलाई बुझ्ने, बदल्ने र ब्याख्या गर्ने मात्र होइन जब मानव समुहमा बस्ने चेतनाको विकास भयो त्यो बेलादेखि नै नेतुत्व र दृष्टिकोण र चेतनाले नै सबै कुराको छिनोफानो गरेको देखिन्छ । नेतुत्वको दृष्टिणको कस्तो छ, पुजीवादी छ भने उसले पुजीवादीको बारेमा योजना बनाउँछ पुजीवादी व्यवस्था निर्माण गर्न तिर लाग्छ सिङ्गो विश्वको सम्पूर्ण साधन, स्रोत आफ्नो अधिनमा राख्ने र आफ्ना दलालहरु सम्पूर्ण देशमा राख्दै जाने उसको दृष्टिकोण नै हुन्छ ।
कम्युनिस्ट दृष्टिकोण भएको नेतुत्वले आजको संकट पुजीवादी अर्थ राजनीतिक सम्बन्धका कारणले पैदा भएको हो र यसको निकास राजनीतिक, आर्थिक, सांस्कुतिक सामाजिक क्षेत्रमा देखिएको असफलता र जनताको अग्रगामी चाहानाका बिचमा पैदा अन्तरविरोध एवम् संघर्षका कारण देखा परेको हो । यसको निकास वैज्ञानिक ढ्ङगले दिन सक्ने नेतुत्व नै वैज्ञानिक समाजवादी दृष्टिकोण भएको नेतुत्व एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्ने नेतुत्व नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवसँग छ । यसको सही निकास नेपाल कम्युनिस्ट पार्टीले ल्याएको योजना जनमत संग्रहको चुनावबाट वैज्ञानिक समाजावाद नै हो ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :