नेकपा दैलेखद्वारा लालीकाँडामा जनसभा कार्यक्रम सम्पन्न

नेकपा दैलेखद्वारा लालीकाँडामा जनसभा कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दैलेखले मंगलबार गुराँस गाँउपालिका वडा नं. ७ को लालीकाँडामा जनसभा कार्यक्रम सम्पन्न गरेको छ ।
जनसभा कार्यक्रमका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले संसदीय व्यवस्थाका कारण देशमा राजनीतिक संकट देखिएकाले सँसदीय पार्टी र व्यक्तिलाई जिताएर प्रधानमन्त्री, मन्त्री, मानीय र अध्यक्ष बनाउने निर्वाचन होइन नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने व्यवस्था चुन्ने जनमत सँग्रह देशमा आवश्यक भएको बताए । त्यसका लागि आफ्नो पार्टीले सँयुक्त प्रगतिशिल सरकार, जनमत सँग्रह र वैज्ञानिक समाजवाद नीति अगाडि सारेको उल्लेख गरे । देउवा सरकारले सँसदबाट राष्ट्रघाती एमसीसी सम्झौता पास गराएर अहिलेसम्मकै डरलाग्दो अमेरिकी साम्राज्यवादी हस्तक्षेप भित्र्याउन खोजेको उल्लेख गर्दै राष्ट्रघाती एमसीसी सम्झौता खारेजी गर्न क्रान्तिकारी, देशभक्त र सच्चा लोकतन्त्रवादीहरु एकजुट हुनु पर्नेमा जोड दिए ।

नेकपा दैलेखका सदस्य विश्व, साधारणशाखा सेक्रेटरी सागर, नेकपा दैलेखका सदस्य प्रकाश, नेकपा दैलेखका सदस्य संघर्ष, मगर मुक्ति मोर्चा नेपाल केन्द्रीय समिति सदस्य बिदुर र प्रभात स्मृति जनसांस्कृतिक परिवारका अध्यक्ष सभ्यता अतिथि रहेको कार्यक्रमको अध्यक्षता नेकपा दैलेखका सदस्य परिवर्तनले, सञ्चालन नेकपा दैलेखका सदस्य दुर्गा र स्वागत मन्तव्य विश्वले राखेका थिए । कार्यक्रममा प्रभात स्मृति जनसाँस्कृतिक परिवारका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :