श्रमिक समुदाय मोर्चा अर्घाखाँचीको बैठक सम्पन्न, विभेदविरूद्व सङ्घर्ष गर्ने निर्णय

श्रमिक समुदाय मोर्चा अर्घाखाँचीको बैठक सम्पन्न, विभेदविरूद्व सङ्घर्ष गर्ने निर्णय

अर्घाखाँचीः श्रमिक समुदाय मोर्चा नेपाल अर्घाखाँचीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले मनु नेपालीको संयोजकत्वमा २३ सदस्यीय जिल्ला भेला तयारी समिति गठन गरेको छ ।

भेलामा नेकपा अर्घाखाँचीका नेता चिन्तनले श्रमिक समुदायको मुक्तिका लागी श्रमिक वर्ग एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताए । श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश समन्वय समितिका संयोजक टिका रामाले श्रमिक समुदायको मुक्ति वैज्ञानिक समाजवादमा सम्भव हुने भन्दै त्यसका लागी जनमत संग्रहमा जानुपर्ने बताए ।
बैठकमा मोर्चाका केन्द्रीय सदस्य एवं गुल्मी इन्चार्ज वसन्त नेपालीले जातीय विभेदका विरुद्ध श्रमिक मोर्चाले संघर्ष गर्ने बताउदै त्यसका लागि सम्पूर्ण श्रमिक समुदाय मोर्चामा आबद्ध हुनुपर्ने उल्लेख गरे ।

बैठकले जिल्लामा राजनीतिक वैचारिक प्रशिक्षण तथा संगठन निर्माणलाई तीब्रता दिदै श्रमिक समुदायमाथि हुँदै आएको विभेद र दमनविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :