नेकपा मकवानपुरको पहलमा स्याङ्तानको उपचारमा सहयोग हस्तान्तरण

नेकपा मकवानपुरको पहलमा स्याङ्तानको उपचारमा सहयोग हस्तान्तरण

कम्युनिस्ट पार्टी मकवानपुरले मनहरी २ भुन्द्रुङ टाँडी निवासी माइतेसिँह स्याङ्तानको उपचारका लागि सहयोग रकम प्रदान गरेको छ । आर्थिक अभावको कारण उपचारमा समस्या आएकोले नेकपा मकवानपुरको पहलमा वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा रहे शुभचिन्तकहरूद्वारा जम्मा गरिएको ३९ हजार ६ सय ८० रुपैयाँ सहयोग रकम सोमबार वितरण गरेको हो ।

६३ वर्षे बृद्ध स्याङ्तान विगत लामो समयदेखि पेट सुन्निने समस्याबाट पीडित छन् । समयमै उपयुक्त उपचार हुन नसकेकोले माइतेसिँह स्याङ्तानको जन्डिस बिग्रेर पेटमा मासु पलाएको र अप्रेसन गर्नुपर्ने भएको हुँदा आर्थिक सहयोगको लागि परिवारले अनुरोध गरेका थिए । त्यसकै क्रममा नेकपा मकवानपुरको अनुरोधमा साउदी अरबमा रही विभिन्न जिल्लामा घर रहेका १० जनाले उक्त रकम जम्मा गरेका थिए । त्यस रकमलाई नेकपा मकवानपुरका सेक्रेटरी वाटरको नेतृत्वमा सम्बन्धित परिवारलाई बुझाइएको हो । सहयोग हस्तान्तरणको क्रममा बोल्दै उनले बिरामीलाई राम्रो उपचार गर्न सम्बन्धित परिवारलाई अनुरोध गर्दै र थप सहयोग जुटाउने प्रतिबद्धता पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :