युवा संगठन नेपाल केन्द्रिय अभियान ४ नम्बर टिमद्वारा सिमानामा कोणसभा

युवा संगठन नेपाल केन्द्रिय अभियान ४ नम्बर टिमद्वारा सिमानामा कोणसभा

युवा संगठन नेपालका केन्द्रिय अभियान टिमले जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान भव्य रुपले सफल पारौं भन्ने मूल नाराका साथ २ नम्बर प्रदेशको सिराहामा सञ्चालन भइरहेको अभियान अन्तर्गत आज लहानमा मार्चपास सहित कोणसभा गरिएको छ ।

भगवानपुरको थानाचोकमा, औरही, गोलामुक्सार, बिष्णुपुर लगायतको स्थानहरुमा मार्चपाससहित कोणसभा सम्पन्न गरिएको छ । कोणसभामा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सचिव रामकुमार पासवान, युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा ४ नम्बर टिम प्रमुख बिचारमान, युवा संगठन नेपालका केन्द्रिय सदस्य अविनासको उपस्थिति रहेको थियो । कोणसभामा राम कुमार पासवान, टिम प्रमुख बिचारमान, अविनास लगायतले मन्तव्य राखिएको थियो ।

कोणसभामा रामकुमार पासवानले दलाल सांसदिय व्यवस्था खारेजी र प्रगतिशील संयुक्त सरकारको गठन र प्रगतिशील संयुक्त सरकारको नेतृत्वमा दलाल सांसदिय व्यवस्था ठिक कि वैज्ञानिक समाजवादी व्यवस्था ठिक भन्ने व्यवस्था छान्ने अधिकार जनतालाई दिनु पर्ने बताए । जनमत सङ्ग्रहको माध्यमबाट वैज्ञानिक समाजवादी व्यवस्था जनताको व्यवस्था स्थापना गरे मात्र हरेक उत्पीडित जनताको अधिकार सुनिश्चित हुने जिकिर गरे । टिम प्रमुख बिचारमानले वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र युवाहरुको अधिकार सुनिश्चित हुने दाबी गरे । जनमत सङ्ग्रहको चुनावमा हरेक युवाहरुको भूमिका मुख्य हुने र सबै भ्रष्टाचारी नेताहरुलाई गाउँगाउँबाट बहिस्कार गरिनु पर्ने बताए । संसदिय व्यवस्था दलाल पुजीवादीको मात्र संरक्षण गर्ने आरोप लगाए । नेता अविनासले असमान सन्धी सम्झौताहरु खारेजी गरिनु पर्ने र एमसीसी जस्तो रास्ट्रघाती सम्झौतालाई तत्काल खारेजी गरिनु पर्ने बताए । जबर्जस्त पास गर्न खोजे अमेरिकन दलालहरुले ठूलै मुल्य चुकाउनु पर्ने चेतावनी दिए । जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियानका क्रममा वालिङ तथा पर्चा वितरण गरिएको ४ अभियान टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :