युवा संगठन नेपाल ३ नम्बर टोलिद्वारा अभियानको समिक्षा गर्दै स्थगित

युवा संगठन नेपाल ३ नम्बर टोलिद्वारा अभियानको समिक्षा गर्दै स्थगित

युवा संगठन नेपालले पूर्वी नेपालमा संचालन गरिरहेको जनमतसंग्रहको लागि संगठन सुदृढ तथा विस्तार अभियान अन्तरगत ३ नम्बर टोलिले सोमबार अभियानको समिक्षा गर्दै अभियान स्थगित गरेको छ ।

३ नम्बर अभियान प्रमुख हरि बस्नेतको अध्यक्षता तथा संचालनमा भएको समिक्षा बैठकमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज विवेक कुमाल प्रमुख अतिथि रहेको कार्यक्रममा पार्टी जिल्ला सेक्रेटरी लक्ष्मण ,पौडेयाल, कार्यालय सचिव दुर्गा तामाङ, युवा संगठनका केन्द्रिय सचिव तिलक योगी, संगठनका केन्द्रिय सदस्य कमरेड कविता कार्की, जनपत्रकार संगठनका अध्यक्ष अनिता गजमेर लगायतका अतिथिहरुको सहभागितामा भएको समिक्षामा सेक्सन ए का कमान्डर शङ्कर भुजेल, बी का कमान्डर कमरेड वसन्त श्रीस भण्डारी र सेक्सन सी का कमान्डर विवेकले आ आफ्नो सेक्सनको रिपोर्ट प्रस्तुत गरेका थिए । ३ नम्बर अभियान प्रमुख हरि बस्नेतले समग्र अभियानको साङ्गठनिक विवरणसहित रिपोर्ट प्रस्तुत गरेका थिए ।

अभियानमा ३ नम्बर टोलिले युवा संगठन लगाएत विभिन्न जवस मोर्चाको संगठन गरि जम्मा १०० वटा संगठन बनाएको र जसमा १०१८ जना संगठित भएको जानकारी गराइएको थियो ।

३ नम्बर अभियान प्रमुख हरि बस्नेतले लिखित रिपोर्ट पार्टी जिल्ला इन्चार्ज र सेक्रेटरीलाई हस्तान्तरण गरेका थिए ।
पार्टी इन्चार्ज, सेक्रेटरी र संगठनका केन्द्रिय सचिवले अभियान टिमलाई धन्यवाद व्यक्त गर्दै मन्तव्य राखेका थिए भने जिल्ला पार्टीले अभियान टोलिलाई टीका लगाई खादा ओढाएर बिदाइ गरेको थियो ।

विश्वभर फैलिरहेको कोभिडको प्रभावलाई ध्यान दिदै पार्टी केन्द्रिय समिति र संगठनको केन्द्रिय समितिको निर्देशन बमोजिम अभियान स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :