नेपाल कम्युनिस्ट पार्टी प्युठानद्वारा संगठन विस्तार अभियान

नेपाल कम्युनिस्ट पार्टी प्युठानद्वारा संगठन विस्तार अभियान

प्युठानः नेपाल कम्युनिस्ट पार्टी प्युठानले वैज्ञानिक समाजवाद र जनमत संग्रहको लागि संगठन सुदृढ तथा विस्तार अभियान अन्तर्गत माण्डवी गाउँपालिका वडा नं. ३ को नयाँगाउँमा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाका पूर्व जिल्ला इन्चार्ज बुलेटले देशमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न दलाल संसदिय व्यवस्था कि जनताको वैज्ञानिक समाजवादी व्यवस्था भनि चुन्ने अधिकार जनतालाई दिनुपर्ने बताए । व्यवस्था चुन्नको लागि सरल र उत्तम बाटो नै जनमत संग्रहको बाटो भएको उनले बताए ।

कार्यक्रममा नेकपा प्युठानका सेक्रेटरी अजयले नेपालमा संसदीय व्यवस्था असफल भैसकेकोले अबको एक मात्र विकल्प र जनताको अधिकार सम्पन्न राज्य व्यवस्था भनेको नै वैज्ञानिक समाजवादी व्यवस्था भएको बताए । त्यस्तै कार्यक्रममा मगर मुक्तिमोर्चा नेपाल केन्द्रीय सदस्य तथा प्युठान अध्यक्ष नर बहादुर थापा मगर, युवा संगठन नेपाल प्युठानका अध्यक्ष विपिन, अखिल (क्रान्तिकारी) प्युठानका अध्यक्ष गगन गिरी लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा रेशमको संयोजकत्वमा १३ सदस्यीय युवा संगठन नेपाल माण्डवी गाउँपालिका ३ नं. वडा कमिटी गठन भएको छ । अभियानको क्रममा राष्ट्रघाती सम्झौता एमसीसी खारेज गरौं, दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी स्थापना गरौं लगायतका नाराहरु व्यापक भित्ते लेखन गरिएको जिल्ला जनपरिषद प्युठानका प्रमुख पवनले जानकारी दिएका छन् । कार्यक्रमको सन्चालन युवा संगठन नेपाल प्युठानका उपाध्यक्ष वीरवल केसी र नेकपा माण्डवी गाउँपालिका वडा नं. ३ का इन्चार्ज जगतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :