अनेमसंघ क्रान्तिकारीद्वारा प्याउकलाको निधनप्रति श्रद्वाञ्जली व्यक्त

अनेमसंघ क्रान्तिकारीद्वारा प्याउकलाको निधनप्रति श्रद्वाञ्जली व्यक्त

अखिल नेपाल महिला संघ क्रान्तिकारीले कालिकोट माल्कोट बिथलडाँडामा प्रतिरोध संघर्षका क्रममा घाइते योद्धा प्याउकला विकको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले आइतबार शोक वक्तव्य जारी गर्दै प्रतिरोध संघर्षमा उहाँले देखाउनु भएको साहस र वीरताको स्मरण गर्दै उहाँप्रति उच्च सम्मान व्यक्त गरेकी छिन् । शोक वक्तव्यमा महिला क्रान्तिकारी आन्दोलनको इतिहासमा प्रतिरोध संघर्षको उच्च नमुना भएको भन्दै कमरेड प्याउकला विकको परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :