नेकपाद्वारा साहासी योद्धा प्याउकला विकप्रति हार्दिक श्रद्धाञ्जली

नेकपाद्वारा साहासी योद्धा प्याउकला विकप्रति हार्दिक श्रद्धाञ्जली

नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा जनयुद्धको समय सशस्त्र प्रहरीको हतियार खोस्ने निसशस्त्र महिला योद्धा मध्येकी एक घाइते योद्धा तथा महान जनयुद्धका सहिद जीत बहादुर विककी जीवनसङ्गिनी प्याउकला विकको ७३ वर्षको उमेरमा हिजो राति आफ्नै घरमा भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शोक वक्तव्य जारी साहास र वीरताको उदाहरण बन्नु भएकी प्याउकला विकको निधनले पार्टीलाई दुखी तुल्याएको बताएका छन् ।

साथै साहासी योद्धा प्याउकला विकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तव्ध परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । वक्तव्यमा भनिएको छ, `साहास र वीरताको उदाहरण बन्नु भएकी प्याउकला विक क्रान्तिकारीहरुको निम्ति प्रेरणाको श्रोत हुनुहुन्छ ।`

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :