सिराहाको धनगढीमाई नगरपालिकामा जनभेला सम्पन्न

सिराहाको धनगढीमाई नगरपालिकामा जनभेला सम्पन्न

जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान सिराहाको धनगढीमाई नगरपालिका १२ गडम्मे आले टोलमा युवा संगठन नेपालको आले टोल इकाई कमिटी गठन गरिएको छ ।

शुक्रबार भएको जनभेलाबाट परमेस्वर सदाको संयोजकत्वमा १७ सदस्यीय अखिल नेपाल भुमिहीन सुकुम्बासी संघको दिपक ठकुरीको सयोजकत्वमा १३ सदस्यीय, अखिल नेपाल महिला संघ क्रान्तिकारीको जगदमा सदाको संयोजकत्वमा १७ सदस्यीय आले टोल इकाई कमिटी गठन गरिएको छ । जनभेलामा युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा ४ नम्बर टिम प्रमुख बिचारमान, सिराहा जिल्ला सेक्रेटरी सुशील, जिल्ला नेता सादुराम लगायत उपस्थिति रहेको थियो ।

जनभेलामा सम्बोधन गर्दै बिचारमानले संसदिय ब्यवस्था अथवा मेयर, वडा अध्यक्ष, संसद चुन्ने चुनावमा भोट नहाल्न अपिल गरे । संसदिय ब्यवस्था जनताको ब्यवस्था दलाल, भ्रष्टाचारी, गुन्डा र ठेकेदारहरुको ब्यवस्था रहेको आरोप लगाए । आले टोलबाट गढमे बजारसम्म र्याली सहित कोणसभा सम्पन्न गरिएको थियो । सेक्रेटरी सुशीलले निर्वाचित कमिटीहरुलाई अबिर लगाएर स्वागत तथा बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :