जनगणतान्त्रिक सम्पर्क मञ्च सोलु काठमाडौको तेश्रो जिल्ला भेला सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्च सोलु काठमाडौको तेश्रो जिल्ला भेला सम्पन्न

 

जनगणतान्त्रिक सम्पर्क मञ्च अन्तरर्गत सोलु काठमाडौ सम्पर्क मञ्चको तेश्रो जिल्ला भेला आज मण्डेला पार्टी प्यालेश कपनमा सम्पन्न भएको छ । उक्त तेश्रो जिल्ला भेलाको उद्धघाटन नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका फ्रयाक्सन इन्चार्ज चिरन पुन “मिलन”ले गरे । उद्धघाटन मन्तव्य राख्दै आज देशमा भैरहेको सङ्कटको निकास भनेको जनमत सङ्ग्रहमार्फत वैज्ञानिक समाजवादमा जाने कुराले दिने कुरा बताए । उनले भने, आजसम्म देशमा पार्टी र तिनै पार्टीका नेतालाई मतदान गरे जनताले अब ब्यवस्थालाई मतदान गर्नु पर्दछ । सिधै ब्यवस्थामा मतदान गर्न पाउनु पर्दछ नेपाली जनताले ।


आफ्नो पार्टी ३ बुँदे सहमति गरेर शान्ति प्रकृयामा आएको बताउदै यदि राज्य त्यसमा गम्भिर नभएमा जनताले विद्रोह गर्ने चेतावनी दिए । विभिन्न राष्ट्रघाति तथा जनघाति काण्डै काण्डहरुमा मुछिएको वर्तमान दलाल पुँजिवादी राज्यसत्ताबाट जनताको नभएको बताए । आफ्नो पार्टी जनताको सुन्दर राज्य व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्ने गर्भिलो यात्रामा रहेको बताउदै एकीकृत जनक्रान्ति नै आजको सहि कार्यदिशा भएको दाबी गरे ।
तेश्रो जिल्ला भेला सफलताको शुभकामना दिने अन्य वक्ताहरुमा जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय अध्यक्ष रत्न मगर, श्रमिक समुदाय मुक्ति मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य विशाल विश्वकर्मा, जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय महासचिव पुर्ण श्रेष्ठ, सचिवद्धय सुशिल बलम्पाकी, टिका चौधरी, कोषाध्यक्ष नरेन्द्र थापा अतिथिका रुपमा उपस्थिति रहेको थियो ।
भेलाले पूर्वा तामाड्डको अध्यक्षतामा २१ सदस्यीय सोलु काठमाडौ सम्पर्क समिति गठन गरेको छ । जसको उपाध्यक्षमा यथिन बम्जन र रामकुमार नेपाली रहेका छन् । त्यस्तै सचिव फूर्वा तामाड्ड ए, सहसचिव फुर्वा तामाड्ड वि, र कोषाध्यक्ष करुणा तामाड्ड रहेका छन् ।
जिल्ला भेलाको अध्यक्षता यथिन बम्जन, स्वागत मन्तव्य पूmर्वा तामाड्ड ए र संचालन फुर्वा तामाड्डले गरेका थिए । कलाकारहरुद्धारा विभिन्न जनवादी गीत र नृत्य पनि प्रस्तुत भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :