नेपाल कम्युनिस्ट पार्टी प्युठानद्वारा संयुक्त अभियान सञ्चालन

नेपाल कम्युनिस्ट पार्टी प्युठानद्वारा संयुक्त अभियान सञ्चालन

प्युठानः नेपाल कम्युनिस्ट पार्टी प्युठानले वैज्ञानिक समाजवाद र जनमत संग्रहको लागि संगठन सुदृढ तथा विस्तार अभियान संयुक्त रुपमा आज देखि सञ्चालन गरेको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा नं. १ को तिराममा एक कार्यक्रमको आयोजना गरि अभियान उदघाटन गरेको हो ।

कार्यक्रममा नेकपा प्युठानका सेक्रेटरी अजयले देशमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न दलाल संसदिय व्यवस्था कि जनताको वैज्ञानिक समाजवादी व्यवस्था भनी चुन्ने अधिकार जनतालाई दिनु पर्ने बताए । व्यवस्था चुन्नको लागि सरल र उत्तम बाटो नै जनमत संग्रहको बाटो भएको उनले बताए ।

कार्यक्रममा जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष राजेन्द्र रावत क्षेत्रीले नेपालमा संसदीय व्यवस्था असफल भैसकेकोले अबको एक मात्र विकल्प र जनताको अधिकार सम्पन्न राज्य व्यवस्था भनेको नै वैज्ञानिक समाजवादी व्यवस्था भएको बताए ।

त्यस्तै कार्यक्रममा मगर मुक्ति मोर्चा नेपाल केन्द्रीय सदस्य तथा प्युठान अध्यक्ष नर बहादुर थापा मगर, युवा संगठन नेपाल प्युठानका अध्यक्ष विपिन, उपाध्यक्ष बीरवल केसी, सचिव मुक्ति पोख्रेल, अखिल (क्रान्तिकारी) प्युठानका अध्यक्ष गगन गिरी लगायतको विशेष उपस्थिति रहेको थियो । अभियानको क्रममा राष्ट्रघाती सम्झौता एमसीसी खारेज गरौं, दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी स्थापना गरौं लगायतका नाराहरु व्यापक भित्ते लेखन गरिएको जिल्ला जनपरिषद प्युठानका प्रमुख पवनले जानकारी दिएका छन् । कार्यक्रमको सन्चालन पवन र नेकपा माण्डवी गा. पा. वडा नं. १ का इन्चार्ज सिर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :