अखिल (क्रान्तिकारी) सुनसरीद्वारा जिल्ला स्तरीय प्रशिक्षण सम्पन्न

अखिल (क्रान्तिकारी) सुनसरीद्वारा जिल्ला स्तरीय प्रशिक्षण सम्पन्न

सुनसरी : अखिल (क्रान्तिकारी) सुनसरीले वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाको लागि जनमतसङ्ग्रह भन्ने मुल नाराका साथ आइतबार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य तथा धनकुटा–सुनसरी इन्चार्ज दिपेश र सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश इन्चार्ज पुष्प न्योपानेले विद्यार्थीसँग सम्बन्धित आधारभूत बिषयमा एवम् सङ्गठनमा विद्यार्थीको भूमिका, अधिकार र कर्तव्यका बारेमा प्रशिक्षित गरे । यस्तै सङ्गठनका सुनसरी इन्चार्ज नताशाले सङ्गठन बिस्तार मात्रै होइन सङ्गठनमा आबद्ध विद्यार्थीहरूलाई क्रान्तिकारी बिचारले प्रशिक्षित गर्नु पनि अत्यावश्यक रहेको हुँदा अहिले अभियानकै क्रममा यो जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्नु वैज्ञानिक रहेको बताए ।

कार्यक्रमको संयोजन सङ्गठनका सुनसरी इन्चार्ज नताशा, कार्यक्रमका अध्यक्षता बिक्रम र सञ्चालन जिल्ला सचिव रोशनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :