युवा संगठन नेपालद्वारा इलाममा संगठन सुदृढ तथा विस्तार अभियान तिव्र

युवा संगठन नेपालद्वारा इलाममा संगठन सुदृढ तथा विस्तार अभियान तिव्र

इलामः नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालको “जनमत सङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान” अन्तर्गत २ महिनाको अभियानमा इलाम र झापामा के्िरद्रत अभियान टिम नं. २ ले अभियानको प्रारम्भमा इलामको चुलाचुली गाउँपालिकामा सङ्गठन सुदृढ तथा विस्तार र भित्तेलेखन गतिविधिलाई तीव्र पारेको छ ।

पुस १२ गते साँझ चुलाचुली प्रवेश गरेको अभियान टिमले १३ र १४ गतेभित्र चारवटा वडामा सङ्गठन निर्माण गरेको छ भने ७० भन्दा बढी भित्तेलेखन गरेको छ ।

सङ्गठन निर्माणको क्रममा चुलाचुली वडा नं. १ मा अरुण पाण्डेको अध्यक्षतामा ११ सदस्यीय वडा समिति, वडा नं. २ मा निर्मला कुमालको अध्यक्षतामा ७ सदस्यीय वडा समिति, वडा नं. ३ मा राम राईको अध्यक्षतामा ९ सदस्यीय वडा समिति र वडा नं. ५ मा सुरज लिम्बुको अध्यक्षतामा २६ सदस्यीय वडा समिति निर्माण गरेको अभियान टिम नम्बर २ का कमान्डर तथा युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य विष्णु जिसीले जानकारी दिए ।

हिजो बिहीबारसम्म चुलाचुली गाउँपालिकामा रहेर जिल्लाको माइ नगरपालिका प्रस्थान गरेको अभियान टिमले चुलाचुली गाउँपालिकाको आइतबारे बजारमा कोणसभा कार्यक्रम समेत सम्पन्न गरेको थियो । उक्त कोणसभालाई नेकपा इलामका जिल्ला सचिव मौसम र अभियान टिमका प्रमुख विष्णु जिसी ‘दीप’ले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :