युवा संगठन नेपालको केन्द्रीय अभियान जारी

युवा संगठन नेपालको केन्द्रीय अभियान जारी

जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान सफल पारौं भन्ने मूल नाराका साथ युवा संगठन नेपालले केन्द्रिय अभियानलाई निरन्तर सञ्चालन गरिरहेको छ ।

अभियानको ४ नम्बर टिमले आज सिरहाको कर्जन्हा नगरपालिका १ बल्टिया टोलमा शंकर कुमार फुयालको संयोजकत्वमा २१ सदस्यीय कमिटी गाउँ इकाई कमिटी गठन गरेको छ । भेलामा युवा संगठन नेपालका केन्द्रिय सचिव तथा ३ र ४ नम्बर टिमका इन्चार्ज तिलक, युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा टिम नम्बर ४ का प्रमुख विचारमान, पूर्व सभासद तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सचिव राम कुमार पासवान लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए । मन्तव्यमा ४ नम्बर टिम प्रमुख विचारमानले दलाल पुजीवादी संसदिय व्यवस्थाले नेपाली युवाहरूलाई विदेशी भूमिमा बेचिन बाध्य बनाएकाले यसको विकल्पमा जनमत सङ्ग्रहको चुनावमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेर जनतालाई अधिकार प्रदान नगरे युवा आन्दोलन सृजना गर्ने र देशमा अमेरिकी दलालहरुले एमसीसी जस्तो रास्ट्रघाती सम्झौता पास गरे लखेट्नु पर्ने मन्तव्य राखेका थिए ।


जनभेलालाई सम्बोधन गर्दै नेता पासवानले नो लाल पुर्जा नो भोट गर्नु पर्ने र एकीकृत जनक्रान्तिमा लामबद्द हुन सम्पूर्ण उत्पीडित वर्ग, जाति, समुदायलाई आव्हान गरे । नवगठित युवाहरुलाई अबिर लगाएर स्वागत तथा बधाई दिएका थिए ।
कार्यक्रमको संचालन युवा संगठन नेपाल केन्द्रिय सदस्य सन्तोष सुवेदीले गरेका थिए । जनभेलामा स्थानीय जनता र युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :