नेकपा दैलेखद्वारा दुल्लु र डुङेश्वरमा जनसभा सम्पन्न

नेकपा दैलेखद्वारा दुल्लु र डुङेश्वरमा जनसभा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दैलेखले वैज्ञानिक समाजवादका लागि जनमत सँग्रह तथा जनसम्बन्ध सुदृढ अभियानको क्रममा दुल्लु नगरपालिका र डुङेश्वर गाउँपालिकामा जनसभा सम्पन्न गरेको छ । अभियान अन्तर्गत डुङेश्वर गाउँपालिका वडा नं. ६ डुङेश्वर बजारमा आज जनसभा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले नेपाली जनतालाई पक्षपात, नातावाद र कृपावाद गर्ने दलाल सँसदीय व्यवस्थालाई सुदृढ बनाउनका लागि विगतमा गरिएका निर्वाचन विरुद्ध आफ्नो पार्टीले संघर्ष गरेको गरेको बताए । उनले नेपाली जनतालाई लुटिखाने दलाल सँसदीय व्यवस्थालाई फालेर जनतालाई अधिकार सम्पन्न बनाउने वैज्ञानिक समाजवादी व्यवस्थाको लागि गतिविधिहरु गरेको कुरामा जोड दिए । सँसदीय निर्वाचन नेपालमा धेरै पटक भएर जनताले सँसदवादी कम्युनिस्ट र काँग्रेसलाई दुई तिहाई दिदा पनि देशमा शान्ति, समृद्धि र स्थिरता हुन नसकेकाले एक पटक नेपाली जनतालाई व्यवस्था चुन्ने जनमत सँग्रह आवश्यक रहेको ठोकुवा गरे ।देउवा सरकार राष्ट«घाती एमसीसी सम्झौता सँसदबाट पास गरिए देश अमेरिकाको गुलाम हुने अमेरिका सेना र हतियारसहित नेपालमा उपस्थित हुने अवस्था आउने र स्वाधिनतामा खतरा हुने भएकाले देश बचाउनको लागि सम्पूर्ण देशभक्तहरु, क्रान्तिकारीहरु र सच्चा लोकतन्त्रवादीहरु एमसीसी खारेज गर्न एकजुट हुनु पर्ने बताए ।


नेकपा दैलेख जिल्ला समिति सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य सुदर्शनले पनि कार्यक्रममा मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता नेकपा दैलेखका जिल्ला समिति सदस्य तथा नारायण नगर समिति इन्चार्ज परिवर्तन, सञ्चालन नेकपा दैलेखका जिल्ला समिति सदस्य तथा आठविस नगर समिति इन्चार्ज प्रकाश र स्वागत मन्तव्य डुङेश्वर गाउँ समिति इन्चार्ज संघर्ष ले गरेका थिए । प्रभात स्मृति जनसाँस्कृतिक परिवारका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी दैलेखले दुल्लु नगरपालिका वडा नं. ८ चक्रता बजारमा पनि जनसभा कार्यक्रम सम्पन्न गरेको छ । जनसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले अहिले कायम रहेको व्यवस्था हुनेखाने पुँजीपति वर्गको भएकाले यो व्यवस्थाले नेपाली जनताको हितमा काम गर्न नसक्ने ठोकुवा गरे । विगतदेखि वर्तमानसम्म नेपाली जनताले आफ्नो व्यवस्थाका लागि लडे पनि जनताको व्यवस्था आउन नसकेको उल्लेख गरे । जनविरोधी दलाल सँसदीय व्यवस्था र जनताको वैज्ञानिक समाजवादी व्यवस्थाबारे जनमत सँग्रह गरिनु पर्नेमा उनले जोड गरे । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र नेपाली जनताका समस्या समाधान हुने ठोकुवा गरे । देउवा सरकारले राष्ट«घाती एमसीसी सम्झौता सँसदबाट पास गर्न खोजेको कुरा गर्दै उनले एमसीसी सँसदबाट पास भएमा देश अमेरिकाको गुलाम हुने र देशको स्वाधिनता संकटमा पर्ने भएकाले देशको रक्षा गर्न क्रान्तिकारीहरु, देशभक्तहरु र सच्चा लोकतन्त्रवादीहरु एमसीसी विरुद्ध एकजुट हुनु पर्ने बताए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य सुदर्शनले पनि मन्तव्य राखेका थिए । नेकपा दैलेखका सदस्य तथा चामुन्डा बिन्द्रासैनी नगर समिति इन्चार्ज क्रान्तिको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन नेकपा दैलेखका सदस्य तथा आठविस नगर समिति इन्चार्ज प्रकाशले गरेका थिए । कार्यक्रममा प्रभात स्मृति जनसाँस्कृतिक परिवारका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :