रोल्पामा युवा संगठन नेपालको अन्तरक्रिया सम्पन्न

रोल्पामा युवा संगठन नेपालको अन्तरक्रिया सम्पन्न

रोल्पाः नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल सुनिल स्मृति ५ नं. वडा समिति गजुलको आयोजनामा भ्रस्टाचार विरूद्धको अभियान अन्तरगत विपन्न परिवारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले दिन लागेको कोभिड १९ प्रभावित विपन्न परिवार राहत रकमको सुनिल स्मृति ५ गजुलमा सत्ता पक्षका पार्टी निकटहरूलाई मात्र बाड्न लागेकाले त्यसको भण्डाफोर स्वरूप यो कार्यक्रम गरिएको युवा संगठन नेपालका वडा इन्चार्ज खड्क केसीले बताए ।
चालु आर्थिक वर्षमा नेपाल सरकारले कोभिड १९ प्रभावित विपन्न परिवारलाई प्रति परिवार १० हजारका दरले देशभरि ५ लाख परिवारलाई नगद राहत दिने कार्यक्रम रहेकोमा जस अन्तरगत सुनिल स्मृति गाउँपालिकाको ५ नं. वडामा पनि यो कार्यक्रम आएको र उक्त रकम जनप्रतिनिधिहरूले समेत आफु निकटकाहरूको मात्र नामावलि पेश गरि वितरण गर्न लागेकाले खास प्रभावित र अतिविपन्न परिवारलाई राहत दिनुपर्ने आफुहरूको माग रहेको युवा संगठनका सचिव दिनेश श्रेष्ठले जानकारी दिए ।


पहिले पेश भएको नामावलि खारेज गरि नयाँ विपन्न व्यक्तिहरूलाई समेटि राहत वितरण हुनुपर्ने जसको लागि सबै विपन्न परिवार एक भएर वडापालिका समक्ष प्रस्तुत हुनुपर्नेमा युवा संगठन नेपालका वडा समिति अध्यक्ष पदम खत्रीले अन्तरक्रियामार्फत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :