व्यवस्थाको निम्ति जनमतसङ्ग्रह नभए जनविद्रोह हुन्छ : देवनारायण

व्यवस्थाको निम्ति जनमतसङ्ग्रह नभए जनविद्रोह हुन्छ : देवनारायण

धनुषा : नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ धनुषा जिल्लाको आयोजनामा १२९ औँ माओ जन्म दिवस मनाइएको छ । जिल्लाको मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुरमा पुस ११ गते भएको कार्यक्रममा प्रमुख अतिथि देवनारायण, अध्यक्षता अखिल नेपाल कान्तिकारी ट्रेड युनियन महासंघको धनुषाको अध्यक्ष राजगीरले गरेका थिए ।

नेता देवनारायणले संसदीय पुँजीवादी व्यवस्थाको समस्याले नेपाली युवायुवती बाँच्नको निम्ति विदेशिनु परेको बताएका छन् । स्वास्थ्य शिक्षा र खाद्यको समस्याबाट अक्रान्त छन्, अझ नेपालको श्रोत साधन खनिज युरेनियम जल जडीवुटी श्रम समय चेलीबेटी एमसीसीमार्फत अमेरिकालाई सुम्पिन खोजिएको उनले बताए ।

देवनारायणले अगाडि भने, ‘अहिले एमसीसीका विरुद्धमा संसदवादी दल नेताहरू कोही पनि बोल्दैन एमसीसीबाट मधेश लुटिन्छ तर, छद्मभेषी अवसरवादी सिके राउत, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो इतरका व्यक्ति पार्टीहरू चुपचाप एमसीसीलाई एमाले काँग्रेस, प्रचण्ड–बाबुवारामले समर्थन गरे जस्तै समर्थन गरिरहेका छन् ।’ उनले यो देशका नेपाली जनता नलुटिने स्वाधीनता सार्वभौमिकताको निम्ति व्यवस्था रोज्न अवसर जनमतसङ्ग्रहको अवस्था सिर्जना नभए जनविद्रोह हुने र जनविद्रोहमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना भई दलाल संसदीय व्यवस्थाको अन्त्य हुने ठोकुवा गरे ।

धनुषा जिल्ला सेक्रेटरी सन्तोष र युवा नेता सञ्जीवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :