माओवादी केन्द्र परित्याग गरि ११ जना नेकपामा प्रवेश

माओवादी केन्द्र परित्याग गरि ११ जना नेकपामा प्रवेश

सुर्खेतः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति सुर्खेतको संयुक्त राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम वीरेन्द्रनगरमा सुरु भएको छ ।
प्रशिक्षण कार्यक्रमको सुरुमै नेकपा (माओवादी केन्द्र) परित्याग गरि लेकवेशी नगरपालिका वडा सचिवदेखि सदस्य सम्मका ११ जना नेकपामा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा वडा सचिव खगेन्द्र ओली, सदस्य राम बहादुर बराल, टेक बहादुर सार्की, मान बहादुर ओली, हिरासिंह सार्की, ताराकेसर ओली, अम्मर खत्री, विपन कामी, मञ्जु सार्की, कौशिला ओली र गोकुल सार्की रहेका छन् । नवप्रवेशीहरुलाई नेकपाका प्रवक्ता प्रकाण्डले फुलमाला अविर लगाएर स्वागत गरेका छन् ।

जिल्ला सेक्रेटरी ध्रुवको अध्यक्षतामा सुरु भएको प्रशिक्षणमा पूर्वी सुर्खेतका सेक्रेटरी मिनाले संचालन गरिरहेका छन् । कार्यक्रममा सहभागीहरुलाई यमराजले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।
सुर्खेतको पूर्वी जिल्ला र पश्चिम जिल्ला गरि दुई जिल्लामा विभाजन गरेको नेकपाले दुवै जिल्लाका अगुवा कार्यकर्ताहरु बिच आन्तरिक संयुक्त प्रशिक्षण गर्न लागेको हो । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपाका प्रवक्ता प्रकाण्ड सहभागी छन् । यस्तै नेकपाका केन्द्रीय सदस्य एटमको पनि आतिथ्यता रहेको छ ।


प्रशिक्षण दिनको लागि नेकपाका प्रवक्ता प्रकाण्ड मंगलबार नै सुर्खेत पुगेका छन् । प्रशिक्षणमा सहभागीहरुको तर्फबाट रिपोटिङ्ग जारी छ । त्यसपछि प्रवक्ता प्रकाण्डले प्रशिक्षण दिनु हुनेछ । अहिले कार्यक्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :