अखिल (क्रान्तिकारी) बर्दियाद्वारा विद्यार्थीलाई ४५ प्रतिशत लागु गर्न माग गर्दै ज्ञापनपत्र पेश

अखिल (क्रान्तिकारी) बर्दियाद्वारा विद्यार्थीलाई ४५ प्रतिशत लागु गर्न माग गर्दै ज्ञापनपत्र पेश

 

बर्दियाः नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बर्दियाले सार्वजनिक यातायातका साधनमा ४५ प्रतिशत सहुलियत कार्यान्वयन गर्न माग गर्दै मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

सरकारले सार्वजनिक यातायातको भाडामा विद्यार्थी, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त तथा अपाङ्गता भएका नागरिकहरुलाई निश्चित प्रतिशत छुटको व्यवस्था गरेको लामो समय भैसक्दा पनि बर्दिया जिल्लाबाट लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधनहरुमा उक्त वर्गका कुनै पनि नागरिकलाई यसको कडाइपूर्वक कार्यान्वयन गर्न गराउन र समय समयमा कार्यान्वयन भए नभएको अनुगमन गर्न, सार्वजनिक यातायातका साधनमा तोकिएको मापदण्ड अनुसारको गुणस्तर कायम गर्न र गराउन सङ्गठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै उपरोक्त मागहरूलाई ७ दिनको समयसीमाभित्र कार्यान्वयनमा सङ्गठनले जोडदार माग गरेको र कार्यान्वयन नगरिएको खण्डमा कडा संघर्षका कार्यक्रम सन्चालन गर्न बाध्य हुने चेतावनी दिएको छ ।
सरकारले सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत, ६० वर्ष उमेर नाघेका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई आरक्षण सहित ५० प्रतिशत छुटको व्यवस्था गरेको लामो समय भैसकेको भए पनि उपत्यका बाहेकका जिल्लामा कार्यान्वयनमा आउन सकेको छैन । त्यसकारण बाँके, बर्दिया लगायत कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश लगायतका सबै जिल्लामा विप्लव नेकपा निकटको विद्यार्थी अखिल (क्रान्तिकारी) ले आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :