नेकपा कास्कीद्वारा लेखनाथ नगरको प्रथम भेला सम्पन्न

नेकपा कास्कीद्वारा लेखनाथ नगरको प्रथम भेला सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्की अन्तर्गत लेखनाथ नगरको प्रथम नगर भेला सम्पन्न भएको छ । भेलाले सोममाया विश्वकर्मालाई सेक्रेटरी निर्वाचित गरेको छ भने अन्य २० जना नगर समितिमा निर्वाचित भएका छन् ।

उक्त भेलाको प्रमुख अतिथि विशेष समिति सदस्य प्रकाश मल्लले आफ्नो पार्टी कुनै पनि हालतमा संसदीय व्यवस्थामा सहमति नहुने भन्दै वैज्ञानिक समाजवादको विकल्प नभएको बताएका थिए । कार्यक्रममा जिल्ला सेक्रेटरी गोकुल, कर्यालय सचिव काजी गुरुङ र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमला परियारले शुभकामना मन्तव्य राखेका थिए भने पोखरा नगर सेक्रेटरी बद्री, श्रमिक समुदाय मोर्चाका केन्द्रीय सदस्य कुमारले बधाई मन्तव्य राखेका थिए ।

बाजागाजासहित तालचोकबाट सुरु भएको र्याली नारा जुलुससहित कार्यक्रम हलमा प्रवेश गरेको थियो । कार्यक्रमको अध्यक्षता सोममाया, सञ्चालन निरुता र स्वागत मन्तव्य प्रशन्त न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :