क्रान्ति जित्न कार्यकर्तालाई कार्यक्षमता डबल बनाउन प्रकाण्डको आग्रह

क्रान्ति जित्न कार्यकर्तालाई कार्यक्षमता डबल बनाउन प्रकाण्डको आग्रह

सुर्खेतः नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेपालमा क्रान्ति जित्न कार्यकर्तालाई कार्यक्षमता बढाएर डबल बनाउन आग्रह गरेका छन् । उनले नेपालको क्रान्ति, आन्दोलन र समाजले मागेको कुरा पूरा गर्न कार्यकर्तालाई आफ्नो कार्यक्षमता बढाउन र नेपाली क्रान्तिको कार्यभार पूरा गर्न निर्देशन दिए ।

नेकपा जिल्ला समिति सुर्खेतको संयुक्त राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई मंगलबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले आफ्नो पार्टी क्रान्तिकारी र जनताको लोकप्रिय पार्टी बन्दै गएकाले संसदवादीहरुमा जलन पैदा भएको बताए । उनले क्रान्ति जित्नका लागि क्रान्तिकारी विचार, राजनीति र नेतृत्वको टिम इमान्दार श्रमजीवी वर्गप्रति प्रतिबद्ध हुनुपर्ने बताए । त्यो टिम अहिले नेकपामा देखिकाले संसदवादीहरु आत्तिएको उनले टिप्पणी गरे ।

प्रवक्ता प्रकाण्डले भने, “प्रचण्डले विचार र राजनीतिमा कमजोरी गरेकाले, वर्ग बिर्सिएकाले र जनताप्रति इमान्दार नभएकाले जितिसकेको १० वर्षिय जनयुद्ध प्रतिक्रान्तिमा पुग्यो । क्रान्ति भनेको दुई वटा वर्ग बिचको लडाई हो । दुई वटा वर्गका नेता बिचको लडाई हो । जनताको नेता आफ्नो वर्गप्रति इमान्दार हुनुपर्छ ।”
उनले प्रचण्ड जस्तो अन्टसन्ट गर्ने व्यक्ति नेपालमा अर्को कोही नभएको भन्दै उनको बेइमानीका कारण र गद्धारीका कारण नेपालमा माओवादी आन्दोलनमा प्रतिक्रान्ति भएको खुलासा गरे ।

नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको भन्दै प्रवक्ता प्रकाण्डले त्यसको ठाउँमा वैज्ञानिक समाजवाद अनिवार्य भएको बताए । उनले त्यसका लागि तत्काल पार्टीेले जनमतसंग्रहको चुनावको विकल्प आगाडि सारेको बताए ।
प्रवक्ता प्रकाण्डले पार्टीले एमसीसीविरुद्ध देशभर ठूलो आन्दोलन गरेको र त्यो देशभर सकरात्मक प्रभाव परेको जिकिर गरे ।
एमसीसी सम्झौता नेपालको हितमा नभएको र लागु गर्न सकिदैन भनेर नेपालका कोही पनि प्रमुख संसदवादी नेताहरुले भन्न नसकेको भन्दै उनीहरु विदेशीको गुलाम भन्दा बाहिर जान नचाहेको टिप्पणी गरे ।
उनले भने,“प्रचण्डले जनतालाई भ्रम छर्न एमसीसीकोबारे बोल्दा तीन वटा कुरा बोल्ने गरेका छन् । आफ्नो पार्टीमा संसोधन गरेर पास गर्न सकिन्छ , अमेरिकासँग बोल्दा जसरी पनि पास गर्छौ भन्छन् र अनि जनतासँग बोल्दा राष्ट्रिय सहमति चाहिन्छ भन्छन् ।”
उनले प्रचण्ड आफ्नो पार्टी भित्रको संकट टार्न पार्टी एकताको हल्ला फैलाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :