नेकपा धादिङ खनियाबास गाउँपालिकाको प्रथम भेला सम्पन्न

नेकपा धादिङ खनियाबास गाउँपालिकाको प्रथम भेला सम्पन्न

धादिङः नेपाल कम्युनिस्ट पार्टी धादिङ खनियाबास गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी धादिङको जनसेवा तथा संगठन विस्तार अभियान जारी राखेको छ । अभियान अन्तर्गत नेकपा धादिङले खनियाबास गाउँपालिकाको भेला सम्पन्न गरेको छ । प्रथम भेलाले सागर तामाङको नेतृत्वमा ७ सदस्यीय गाउँ कमिटी गठन गरेको छ ।

भेलामा जिल्ला सेक्रेटरी सुमन क्षेत्रीको प्रमुख आतिथ्यता र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सचिव सागर तामाङको आतिथ्य र जिल्ला सदस्य तथा खनियाबास गाउँपालिका इन्चार्ज लेख बहादुर तामाङको विशेष उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटेरी सुमनले संसदवादी राजनीतिक पार्टीहरु जसरी भएपनि संसदबाट एमसीसी जस्तो राष्ट्रघाती परियोजना पारित गर्न लागेकाले राष्ट्रघाती सम्झौताका विरुद्धमा आफ्नो पार्टी आन्दोलनरत रहेको बताए । राष्ट्रिय स्वाधिनताका पक्षमा लड्ने एउटा मात्र देशभक्त पार्टी नेपाल कम्युनिस्ट पार्टी भएकोले सबैजना यही पार्टीमा संगठित भएर लाग्न आव्हान गरे ।

संसदवादी राजनीतिक पार्टीहरुलाई चुनावदेखि सत्तामा कसरी पुग्ने, कसरी भ्रष्टाचार गर्ने र कसरी अकुत सम्पत्ति कमाउने भन्ने घृणित मानसिकता बोकेर हिडिरहेको, फेरि पनि चुनावी अभियानका नाममा गाउँघरतिर झुट्टा आश्वासन दिदै आउने र जनताको मतको दुरुपयोग गर्ने राजनैतिक दलालहरुलाई खबरदारी गर्नुपर्ने बताए । उनले भने, `व्यक्ति चुन्ने चुनाव होइन अब जनताको व्यवस्था चुन्ने चुनावमा जानु पर्दछ ।`
वैज्ञानिक समाजवादी व्यवस्था कि पुँजिवादी दलाल संसदीय व्यवस्था यी दुई विकल्पमा संसदवादी दलहरू जनमतसंग्रहको चुनावमा गर्न तयार भएमा व्यवस्थाको विकल्पमा हुने चुनावमा मात्र नेपाल कम्युनिस्ट पार्टीले भाग लिने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :