अखिल (क्रान्तिकारी) गाईघाटद्वारा मागपत्र पेश

अखिल (क्रान्तिकारी) गाईघाटद्वारा मागपत्र पेश

उदयपुरः उदयपुर जिल्लाको त्रियुगा नमुना मा.वि.ले मनपरी रुपमा विद्यार्थीबाट शैक्षिक शुल्क लिएको भन्दै अखिल (क्रान्तिकारी) गाईघाट इकाई कमिटीले बृद्धि गरिएको शुल्क घटाउन अनुरोघ गर्दै मागपत्र बुझाएको छ । क्रान्तिक्रारीले मागपत्रमार्फत यथासिघ्र बृद्धि गरिएको शुल्क नघटाइए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

अखिल (क्रान्तिकारी) त्रियुगा नमुना मा.वि. इकाई कमिटी संयोजक मनिषा दंगालद्वारा हस्ताक्षरित मागपत्रमा बृद्धि गरिएको शैक्षिक शुल्क घटाउन, लकडाउनमा लिएको शुल्क खारेजी, खेलकुद सामाग्रीको व्यवस्था, विषय विज्ञ शिक्षकको व्यवस्था, चर्पिको सहि व्यवस्थापन गर्न र विद्यालय सरसफाई, सम्पूर्ण कक्षाको सेक्सन छुट्टाउने साथै सम्पूर्ण संकायको प्राक्टिकल सामग्रीको व्यवस्था गर्न माग गरेका छन् ।

मागपत्रमा विद्यालयले बृद्धि गरिएको शुल्क एव शैक्षिक सामग्रीको व्यवस्था नगरी मागलाई व्यवास्था गरेमा संगठनले थप आन्दोलन गर्दै जाने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :