एमाले अध्यक्ष ओली र नेकपाका सचिवालय सदस्य सुदर्शनबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र नेकपाका सचिवालय सदस्य सुदर्शनबीच भेटवार्ता

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ बीच भेटवार्ता भएको समाचार प्राप्त भएकाे छ । बुधबार साँझ भएको भेटमा तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामुहिक राजनीतिक विषयमा छलफल भएको भेटमा सहभागी नेकपाका युवा नेता भीम चापागाईँले बताएका हुन्।

भेटमा नेकपाका सचिवालय सदस्य सुदर्शनले आफ्नो पार्टी तत्कालिन ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको, जेलमा रहेका नेता कार्यकर्ता रिहाई नभएको भन्दै सहमतिमा हस्ताक्षरकर्ताको हैसियतमा ओलीले पहल गरिदिन आग्रह गरेका थिए । उनले ओली नेतृत्वकै सरकारले सहमति कार्यान्वयनको प्रक्रिया अगाडि नबढाएकोप्रति पनि गुनासो समेत गरेका थिए ।

जवाफमा एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले नेकपासँग तीन बुँदे सहमति गरेको र कार्यान्वयनको प्रक्रियामै रहेको बेला सरकारबाट आफूलाई हटाइएका कारण समस्या भएको बताएका थिए ।

नेता भीम चापागाईँका अनुसार ओलीले तीन बुँदे सहमति कार्यान्वयन गरी जेलमा रहेका नेता कार्यकर्ता रिहाई हुनुपर्ने पक्षमा आफू रहेको भन्दै त्यसको लागि पहल गर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

त्यसैगरी भेटमा अन्य समसामुहिक राजनीतिक विषयमा पनि दुई नेताबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :