अखिल नेपाल महिला संघ क्रान्तिकारीको स्कुलिङ उत्साह ढङ्गले चल्दै

अखिल नेपाल महिला संघ क्रान्तिकारीको स्कुलिङ उत्साह ढङ्गले चल्दै

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समितिको आयोजनामा यही मंसिर २८ र २९ गते दाङबाट सुभारम्भ भएको आधारभूत केन्द्रीय स्कुलिङ उत्साह ढंगले चलिरहेको छ । उक्त आधारभूत केन्द्रीय स्कुलिङ्ग अभियान अहिले तीन वटा ठाउँमा सम्पन्न गरिसकेको छ । साविक राप्ती र लुम्बिनी अंचल, भेरी र कर्णाली अंचल र सेती र महाकालीको संयुक्त स्कुलिङ सम्पन्न भएको छ । संयुक्त रुपमा सुभारम्म भएको केन्द्रीय दुई दिने आधारभूत स्कुलिङ्ग अभियान दाङ्गमा उद्घाटन अध्यक्ष बन्धु चन्दले संगठनको झण्डा फहराएर गरेकी थिइन् ।
यस्तै दाङको स्कुलिङ्ग उद्घाटन समारोहमा नेकपाका केन्द्रीय समिति सदस्य एवम् दाङका इन्चार्ज शितल, नेकपा विशेष कमिटी सदस्य सम्झना, नेकपा दाङका सेक्रेटरी प्रदिप, एकीकृत जनक्रान्तिका सहिद महानका जीवनसंगिनी मालती राणा, अनेमसंघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष धिरेन्द्रा, महासचिव राजकुमारी शाही, सचिव उषा लगायतको आतिथ्य रहेको थियो ।

उक्त उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै नेकपा विशेष कमिटी सदस्य सम्झनाले नेपालका थुप्रै न्यायपूर्ण आन्दोलनमा नेपाली महिलाहरुले त्याग, समर्पण र बलिदानका उच्च कृतिमान कायम गरेको बताइन् । नेतृ सम्झनाले एकीकृत जनक्रान्तिमा पनि महिलाहरुले एकपटक जनयुद्धमा जस्तै साहासिक र संघर्षपूर्ण कदम चालेर नेपाली विभेदकारी समाजको आमूल परिवर्तन गर्न आह्वान गरिन् । यस्तै शुभकामना मन्तव्य राख्दै नेकपा दाङका सेक्रेटरी प्रदिपले प्रशिक्षण ऐतिहासिक र एकीकृत जनक्रान्तिमा महिलाहरुको उत्साहपूर्ण ढंगले आन्दोलनमा जोडिने कुरामा सफल रहने विश्वास व्यक्त गरे । उनले प्रशिक्षणले महिलाहरुलाई क्रान्ति बुझाउनुपर्ने र विभेदका विरुद्ध लड्न उत्प्रेरित गर्नुपर्नेमा जोड दिए ।
दाङमा उद्घाटन भएको कार्यक्रममा अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य ममताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता अनेमसंघ क्रान्तिकारीका केन्द्रीय समिति सदस्य हेमन्ताले गरेकी थिइन् भने सहजीकरण संगठनका केन्द्रीय सदस्य रेखाले गरेकी थिइन् ।
यस्तै भेरी र कर्णालीको पुस २ र ३ गते सम्पन्न भएको छ । उक्त स्कुलिङ्गमा विशेष अतिथिका रुपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक चलाउने लगायतको उपस्थिति थियो । यसैगरी सेती र महाकालीमा पुस ५ र ६ गतेसम्म स्कुलिङ चलेको थियो । उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा नेकपाका केन्द्रीय सदस्य ओम प्रकाश पुन सहभागी थिए भने केन्द्रीय आधारभूत स्कुलिङ्ग अभियानमा संगठनका केन्द्रीय पदाधिकारीहरु अध्यक्ष बन्धु चन्द, उपाध्यक्ष धिरेन्द्रा उपाध्याय, महासचिव राजकुमारी शाही, सचिव उषा मगरको उपस्थिति रहेको छ । स्कुलिङ्गमा राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला आन्दोलनबारे अध्यक्ष बन्धु चन्द, वैज्ञानिक समाजवाद र महिला मुक्तिबारे उपाध्यक्ष धिरेन्द्रा उपाध्यय, संगठनबारे महासचिव राजकुमारी शाही र साँस्कृतिक रुपान्तरणबारे सचिव उषा मगरले विधागत रुपमा दिएका छन् ।

उक्त आधारभूत प्रशिक्षण साविक अञ्चलहरुमा दुईदुई दिन देशैभरि चल्ने आयोजकले बताएको छ । प्रशिक्षणमा महिला आन्दोलनको पृष्ठभुमि, वैज्ञानिक समाजवादमा महिला मुक्ती, पार्टी र महिला बिचको अन्तरसम्बन्ध लगाएतका विषयवस्तुहरुमा संगठनका केन्द्रीय पदाधिकारीहरु र सम्बन्धित कार्यक्षेत्रमा कार्यरत पार्टीका केन्द्रीय समिति सदस्यहरुले प्रशिक्षित गर्ने कार्यक्रम रहेको समेत जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :