मकवानपुरमा मजदुर जागरण अभियान–२०७८ उद्घाटन

मकवानपुरमा मजदुर जागरण अभियान–२०७८ उद्घाटन

मकवानपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरले सोमबार मजदुर जागरण अभियान उदघाटन गरेको छ । बागमती प्रदेशको राजधानी हेटौँडाको औद्योगिक क्षेत्रको सभा हलमा आयोजित उद्घाटन समारोहमार्फत अभियान उद्घाटन गरेको हो ।

अभियान उद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथि नयनले दीप प्रज्वलन गरि गरिएको हो । “वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारको लागि जनमतसङ्ग्रह” भन्ने मुल नारासहित शुरु गर्न थालिएको अभियानको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनले ट्रेड युनियनको झण्डा हस्तान्तरण गरि गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै आम मजदुर वर्गको हक, हित र अधिकारका लागि यत्रतत्र छरिएर रहेका मजदुरहरूलाई जागरुक गर्दै सङ्गठित गराउन मजदुर जागरण अभियान सुरु गर्न थालिएको बताए । त्यस्तै श्रमिक अधिकारको सुनिश्चितताको लागि वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य भएकोले सम्भव रहेसम्म जनमतसङ्ग्रहको बाटोबाट नभए एकीकृत जनक्रान्तिको कार्यदिशाबाट स्थापित गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा अभियानको सार्थकता र महत्वको बारेमा जोड दिँदै जिल्ला सेक्रेटरी वाटर, सचिवालय सदस्य गुणी, क्रान्तिकारी ट्रेड युनियनका केन्द्रीय सदस्य तथा पश्चिम बागमती विशेष क्षेत्रका संयोजक राजकुमार मगर, मिनप्रसाद गौतम लगायतका अतिथिहरूले अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :