दैलेखको ठाटीकाँधमा नेकपाको जनसभा सम्पन्न

दैलेखको ठाटीकाँधमा नेकपाको जनसभा सम्पन्न

नेपाल कम्युनिस्ट दैलेखले ठाँटीकाँध गाउँपालिकाको ठाटीकाँध बजारमा वैज्ञानिक समाजवादका लागि जनमत संग्रह र जनसम्बन्ध सुदृढ अभियानको क्रममा जनसभा सम्पन्न गरेको छ ।

जनसभाका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले दलाल सँसदीय व्यवस्थाका जनप्रतिनिधिहरुले नातवाद, कृपावाद र पक्षपात गरेको बताए । सँसदीय व्यवस्थाका स्थानीय तह, प्रदेश र संघमा भ्रस्टाचार बढिरहेको उल्लेख गर्दैभष्टाचार, राष्ट«घात र जनघात गर्ने सँसदीय व्यवस्थाको निर्वाचनले नेपाली जनता र देशका समस्या समाधान नहुने भएकाले व्यक्ति र पार्टीलाई जिताएर प्रधानमन्त्री, मन्त्री, माननीय, मेयर र अध्यक्ष बनाउने निर्वाचन होइन नेपाली जनताले जित्ने गरी व्यवस्थाबारे जनमत सँग्रह हुनु पर्नेमा जोड दिए । देउवा सरकारले देशभक्त जनताहरु र क्रान्तिकारी पार्टीले विरोध गरे पनि अमेरिको दबाबमा जबरजस्ती एमसीसी संसदबाट पास गरिएमा नेपाली जनताले बिद्रोह गर्ने र राष्ट्रियताको आन्दोलन हुने ठोकुवा गरे । एमसीसीले नेपालमा विकास गर्ने नभई विनाश गर्नेमा उनको जोड थियो । सम्पुर्ण देशभक्त, क्रान्तिकारी शक्तिहरु सच्चा लोकतान्त्रिक शक्तिहरु एकजुट हुन आग्रह गरे ।

कार्यक्रममा नेकपा दैलेखका सदस्य तथा गुराँस गाउँ समिति इन्चार्ज विश्व, नेकपा दैलेखका सदस्य तथा आठविस नगर समिति इन्चार्ज प्रकाश र अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य सुदर्शनले पनि मन्तव्य राखेका थिए ।

ठाटीकाँध गाउँ समिति सेक्रेटरी शरदको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बम बहादुर बडुबाल र स्वागत मन्तव्य नवीन तिरुवाले राखेका थिए । कार्यक्रममा प्रभात स्मृति जनसाँस्कृतिक परिवारका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :