राष्ट्रघाती एमसीसीविरुद्ध भोलि घोराहीमा बिरोध प्रदर्शन गर्ने

राष्ट्रघाती एमसीसीविरुद्ध भोलि घोराहीमा बिरोध प्रदर्शन गर्ने

दाङ : राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध चार कम्युनिस्ट पार्टी र दुई मोर्चाले भोलि (मङ्गलबार) घोराहीमा बिरोध प्रदर्शन तथा बिरोध सभाको आयोजना गरेका छन् । सोमबार घोराहीमा बसेको संयुक्त राजनीतिक पार्टीको बैठकले पुस ६ गते (मङ्गलबार) दाङको घोराहीमा संयुक्त रुपमा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध शसक्त बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शितलको अध्यक्षतामा बसेको बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य समिर, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्य, नेकपा (माले) का केन्द्रीय सदस्य नेत्रप्रकाश पाण्डे, राष्ट्रिय जनमोर्चाका प्रतिनिधिद्वय काशीनाथ पोख्रेल र सुशील पोख्रेल, नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिद्वय निर्मल र तिलकको सहभागिता रहेको थियो ।

आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आठ दलीय मोर्चा सम्बद्ध विप्लव नेतृत्वको नेकपा, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (माले), ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र सीपी गजुरेल नेतृत्वको मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपालले पुस ६ गते बोलाइएको संसद बैठकबाट जुनसुकै अवस्थाबाट पनि एमसीसी पारित गराई लागू गर्ने दुस्साहसपूर्ण देउवा सरकारको हर्कतलाई असफल पार्न पुस ६ गते देशव्यापी बिरोध प्रदर्शन र बिरोध सभा गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । उक्त संयुक्त बिरोध कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लामा संयुक्त रुपमा एमसीसीविरुद्ध बिरोध प्रदर्शन कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

विप्लव नेतृत्वको नेकपासहित आठ दलीय मोर्चा एमसीसी सम्झौताविरुद्ध निरन्तर सडक सङ्घर्षमा छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :