युवा संगठन नेपाल धादिङको दोस्रो पूर्ण बैठक सम्पन्न

युवा संगठन नेपाल धादिङको दोस्रो पूर्ण बैठक सम्पन्न

युवा सगठन नेपाल धादिङ चौथो जिल्ला समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । समितिका अध्यक्ष किशोर रेग्मी अभयको अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टी जिल्ला समितिका सेक्रेटरी सुमनको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । धुनिबेशी नगरपालिका धार्के बजारमा बसेको बैठकले संगठन विस्तार तथा भ्रष्टाचारी, तस्करीका विरुद्ध भण्डारफोर अभियान चलाउने निर्णय गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुमनले टोलटोलमा युवा संगठन नेपालका कमिटीहरु हुनु पर्ने बताए । समाजमा अहिले पनि संसदवादी राजनीतिक पार्टीकोहरुले आफ्ना आसेपासे पोस्न मात्र विकासका नाममा विकासको हल्ला चलाएर भ्रष्टाचार, मनलाग्दी गरिरहेको गाउँगाउँमा तस्करी कालोबजारी ब्याप्त रहेको भन्दै त्यसका विरुद्ध युवाहरु लाग्नु पर्ने र युवाहरुले विशेष अभियान चलाउनु पर्ने बताए । बैठकले १३ वटै स्थानीय तहहरुमा नगर पालिका, गाउँपालिकामा युवा संगठनका संयोजकहरु तोकेको छ । नगर गाउँपालिका भेला दुई महिनाभित्र गरि सक्ने निर्णय पनि गरेको छ । बैठकमा जिल्ला पार्टी सदस्य धन बहादुर घले र विद्यार्थी जिल्ला अध्यक्ष राजकुमार तामाङको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :