अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को राष्ट्रिय अभियान उद्घाटन

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को राष्ट्रिय अभियान उद्घाटन

सिन्धुपाल्चोक: अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को राष्ट्रिय अभियान सिन्धुपाल्चोकमा उद्घाटन गरिएको छ । सोही क्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) मेलम्ची नगरपालिका वडा १३ को भेला तथा प्रशिक्षण पनि सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक दोलखा इन्चार्ज पूर्ण बहादुर सिंह प्रविणले समग्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनैतिक, सामाजिक तथा आर्थिक अवस्थाको बारेमा प्रशिक्षण दिए । अहिले पार्टीले अगाडि सारेका कार्यनीति संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद जनमतसंग्रह, प्रगतिशील संयुक्त सरकारको विषयमा गाउँगाउँ गएर जनतालाई सचेतना जगाउनुपर्ने बताए ।

सोही कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष हरि श्रेष्ठले नेपालको किसानहरुको अवस्था, किसानहरुको समस्या, सम्रग किसान आन्दोलन विषयमा संगठनको धारणा राखेका थिए ।
उक्त कार्यक्रमबाट केदार थापाको नेतृत्वमा ७ सदस्यीय अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला सम्मेलन आयोजक कमिटी निर्माण गरिएको छ । यसैगरी मेलम्ची वडा नं. १३ मा भिम बहादुर दनुवारको नेतृत्वमा ९ सदस्यीय वडा कमिटी निर्वाचित गरिएको छ । सो कार्यक्रममा जिल्ला सचिव युगीनले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला विशेष कमिटी सदस्य किरण घिमिरेले गरेका थिए भने स्वागत मन्तव्य विनोद दनुवारले राखेका थिए । कार्यक्रमको सन्चालन मुकुन्द श्रेष्ठ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :