नेकपा इलामको पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

नेकपा इलामको पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामको १२ औँ पूर्ण बैठक बिहीबार महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । नेकपा इलामको आवास गृहमा सम्पन्न बैठकले यस अघि गरिएका निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्दै आगामी कार्यक्रमहरू तय गरेको छ ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमनसिंह, केन्द्रीय सल्लाहकार समितिका सदस्य होम बिद्रोहीको उपस्थिति रहेको थियो भने बैठकको अध्यक्षता पार्टीका जिल्ला सचिव मौसमले गरेका थिए ।

बैठकमा सहभागी जिल्ला सदस्यहरूले आआफ्नो कार्यक्षेत्रको रिपोर्ट राखेका थिए । संसदीय सत्ता पूर्ण रुपमा असफल भएसँगै संसदवादी दल र नेताहरूसँग जनता दिक्क बनेकोले हाम्रो पार्टीले अगाडि सारेको जनमतसङ्ग्रहको प्रस्ताव र वैज्ञानिक समाजवादमा जनता गोलबन्द हुन थालेको सहभागीहरूले रिपोर्ट राखेका थिए । समाजमा व्यप्त भ्रष्टाचार, दलाली, विभेद, अन्याय जस्ता समस्याहरू रहेको र त्यस्ता समस्यामा कडा रुपमा प्रस्तुत हुने छलफल भएपछि केही विषयमा निर्णयसमेत भएका छन् ।

बैठकले सङ्गठनात्मक काम, राजनीतिक काम, सङ्घर्षको काम, उत्पादनको कामलगायत बिषयमा छलफल गरेर दुई महिने योजना बनाउँंदै निर्णय लिएको छ । बैठकमा सुमनसिंह र होम बिद्रोहीले प्रशिक्षणात्मक मन्त्वय राखेका थिए । इलाममा पार्टी जनताको बीचमा लोकप्रिय हुँदै गएको अनुभूति भएको केन्द्रीय सल्लाहकार सदस्य होम बिद्रोहीले भनाई राखे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :