कास्कीमा नेकपामा प्रवेश गर्नेको जनलहर बढयोः एकै दिन २० जनाले पार्टी प्रवेश गरे

कास्कीमा नेकपामा प्रवेश गर्नेको जनलहर बढयोः एकै दिन २० जनाले पार्टी प्रवेश गरे

पाेखराः नेपाल कम्युनिस्ट पार्टी कास्कीको आयोजनामा बृहत ध्रुवीकरण कार्यक्रम सम्पन्न भएको छ । ध्रुवीकरण कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल शिलुले प्रवेश गर्ने २० जना नवआगन्तुक युवाहरूलाई अविर र फुलमाला लगाएर स्वागत गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीमा ध्रुवीकृत हुनेहरुमा जनमोर्चा नेपाल, माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी लगायत स्वतन्त्र युवाहरु छन् । लोकेन्द्र राई, पवन कुवर, रिना थापा, सुजन राना मगर, साइमन राना मगर, सन्त बहादुर विक, मन प्रसाद थापा, राम बहादुर अधिकारी, देवि माया गुरुङ, प्रकाश तामाङ, मोहन राई, निर्मल घर्ती, जोपेन्द्र मगर, रुपेश राना, रामचन्द्र सुनार लगायत युवाहरु नेपाल कम्युनिष्ट पार्टीमा ध्रुवीकृत भएका छन् ।
विभिन्न पार्टी गरि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै प्रमुख शिलुले कर्यक्रम, विचारको ध्रुवीकरण भन्दै क्रान्तिको लागि देशभक्त, राष्टवादी र क्रान्तिकारीहरुको ध्रुवीकरण आवश्यक रहेको बताए । उनलेले पार्टीको पछिल्लो कार्यनीतिसँग जनता आकर्षक भइरहेको समेत बताए ।
त्यस्तै सभापति गोकुलले यो कार्यक्रमले दिन खोजेको सन्देश महत्त्वपूर्ण रहेको र क्रान्तिकारीको केन्द्र नेकपा रहेको भन्ने सन्देश आजको कार्यक्रमले दिएको भन्दै ध्रुवीकरणमा सहभागी हुने सबैलाई स्वागत र धन्यवाद दिए ।

कार्यक्रमका अन्य अतिथिहरु जिल्लाका विशेष कमिटी सदस्य प्रकाश मल्ल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका महासचिव श्याम सेन्चुरी, श्रमिक समुदाय नेपालका सचिव उमेश सिके लगायत थिए ।

ध्रुवीकरण कार्यक्रममा लोकेन्द्र राई र राम बहादुर अधिकारीले प्रतिबद्धता मन्तव्य राखेका थिए । ध्रुवीकरण कार्यक्रमको सञ्चालन जिल्ला कार्यलय सचिव काजी गुरुङले गरेका थिए भने कार्यक्रमको सभाअध्यक्ष पार्टीका जिल्ला सेक्रेटरी गोकुल पराजुली रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :