जनगणतान्त्रिक सम्पर्क मञ्च सुदुरपश्चिम प्रदेशको संयुक्त जिल्ला भेला सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्च सुदुरपश्चिम प्रदेशको संयुक्त जिल्ला भेला सम्पन्न

जनणतान्त्रिक सम्पर्क मञ्च सुदुरपश्चिम प्रदेशको संंयुक्त जिल्ला भेला आज काठमाडौँमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनणतान्त्रिक सम्पर्क मञ्च फ्रयाक्सन इन्चार्ज मिलनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिलनले अहिले देशको राष्ट्रिय स्वाधीनता निकै सङ्कटमा रहेको बताए । उनले भने, एकातिर अहिले एमसीसीको नाममा अमेरिकाले नेपाललाई पराधिन र गुलाम बनाउन चाहन्छ भने अर्कोतिर नेपालका दलाल पुँजिवादी शक्तिहरुले आफ्नो सत्ता, स्वार्थ र कुर्सीका लागि देशको स्वाधीनतालाई विक्री गरेर भएपनि आफ्नो सत्ताको आयु लामो बनाउन चाहन्छन् त्यसैले कुनैपनि हातलमा एमसीसी परियोजना खारेज हुनुपर्छ ।


सम्पर्क मञ्चले जिल्ला र राजधानीलाई जोड्ने पुलको काम गर्ने बताए । हामी जो जहाँ रहे र बसे पनि पार्टी, क्रान्ति र संगठनको लागि सकृय र क्रियाशिल रहनुपर्ने बताए । देशमा भएको भ्रष्टाचार, कालोबजारी, तस्करी, कमिसनखोरी, बढ्दो महँगीका बारेमा बोल्दै यसो हुनुमा दलालसत्ताको जनविरोधी गतिविधिको उपज भएको बताए ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन निर्माणले आजको सन्दर्भमा पार्टीले अघि सारेको जनमत संङ्ग्रहको कार्यनीतिले मुलुकको मुक्ति दिने बताउदै यदि सरकार र हाम्रो पार्टीविच भएको ३ वुँदे सहमती कार्यन्वयन भएन भने त्यसको परिणाम भयानक हुने बताए । त्यस्तै शुभकामना दिनेहरुमा पार्टीका केन्द्रीय सदस्य भगल सिंह, कैलाली जिल्ला सेक्रेटरी कमरेड दिपेन्द्र चलाउनेले विभिन्न विषयहरुमा आफ्ना शुभकामना मन्तव्य राखेका थिए । संंयुक्त भेला कार्यक्रममा जनणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय अध्यक्ष रत्न मगर, महासचिव पूर्ण श्रेष्ठ लगायत पदाधिकारीहरु, अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य ललित विक, युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य प्रवीण धामी, नेपाल कम्युनिस्ट पार्टी काठमाडौका सचिवालय सदस्य तथा काठमाडौ महानगर इन्चार्ज अविरल, अर्का सचिवालय सदस्य तथा नागार्जुन इन्चार्ज भिम बटाला, सुकुम्वासी संगठनका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी, पूर्व बझाङ जिल्ला सेक्रेटरी नरेन्द्र सिंह, वामपन्थी नेता भैरव बोहरा लगायत अतिथि रहेका थिए ।


संंयुक्त जिल्ला भेलाले नन्दुराज जोशीको अध्यक्षतामा १५ सदस्यीय कैलाली काठमाडौ जनणतान्त्रिक सम्पर्क मञ्चको गठन गरेको छ । उपाध्यक्षमा बम रावल, सचिव लेखराम चौधरी, कोषाध्यक्ष एकराज भण्डारी र सदस्यहरुमा किशोर बोगटी, खुश्वु रानाथारु, अनिश ओझ, दिपकराज जोशी, विरबहादुर चौधरी, विशाल कठरिया, महेन्द्र विष्ट, विनोद न्यौपाने, हिमा न्यापाने, पुनम न्यौपाने रहेका छन् ।
त्यस्तै उदयसिंह रावलको अध्यक्षतामा १३ सदस्यीय डोटी काठमाडौ जनणतान्त्रिक सम्पर्क मञ्चको गठन गरेको छ । उपाध्यक्षमा योगेन्द्र कुँवर, सचिवमा राजन कठायत, कोषाध्यक्षमा रोशन मल्ल र सदस्यहरुमा भक्त रावल, दिव बहादुर बोहरा, सुरेश रावल, टेवबहादुर रावल लगायत रहेका छन् ।
त्यस्तै धनराज विकको अध्यक्षतामा १७ सदस्यीय अछाम काडमाडौ जनणतान्त्रिक सम्पर्क मञ्चको गठन गरेको छ । जसको उपाध्यक्षमा बजिर नेपाली, सचिव दिनेश नेपाली, सहसचिव राजेश रावल, कोषाध्यक्ष गम्भिर विक, तथा सदस्यहरुमा टंक विष्ट, महेश नेपाली, अमर धामी, मधुरा विक, कृष्ण विष्ट, सन्तोष बोगटी, नविन नेपाली, जिवन विष्ट, नरेश बटाला, भिम बटाला, विर्ष रावल, रमेश उपाध्याय रहेका छन् । त्यस्तै दिपक कटुवालको अध्यक्षतामा १३ सदस्यीय बाजुरा काठमाडौ जनणतान्त्रिक सम्पर्क मञ्चको गठन गरेको छ । जसको उपाध्यक्षमा निर्जन विक, सचिव सृजना शाह, कोषाध्यक्ष सिद्धराज जोसी र सदस्यहरुमा देवराज जोशी, अन्जना विक, विवेक विक, पृथ्वी विक लगायत रहेका छन् । त्यस्तै निमेश नेपालीको अध्यक्षतामा १३ सदस्यीय बझाङ काठमाडौ जनणतान्त्रिक सम्पर्क मञ्चको गठन गरेको छ । जसको उपाध्यक्षमा पदम साउद, सचिवमा धवेन्द्र चौहान, कोषाध्यक्षमा संझना धामी र सदस्यहरुमा रघु बोहरा, अनु विष्ट, मोहन खत्री, माधवसिह लगायत रहेका छन् । संयुक्त भेलाको अध्यक्षता दिपक कटुवाल र स्वागत उदयसिंह रावलले गरेका थिए भने कार्यक्रमको संचालन निमेश नेपालीले गरेका थिए । भेलाले एमसिसिका विरुद्ध घोषणा भएको कार्यक्रमलाई सफल पार्ने र आगामी माघ ८ र ९ गते सम्पन्न हुने जनणतान्त्रिक सम्पर्क मञ्चको ऐतिहासिक तेश्रो राष्ट्रिय सम्मेलनलाई भब्य रुपमा सम्पन्न गर्न लाग्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :