नेकपा केन्द्रीय अर्थ विभागको बैठक सम्पन्न

नेकपा केन्द्रीय अर्थ विभागको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय अर्थ विभागको दशौं पूर्ण बैठक यहि मंसीर २३ र २४ गते सम्पन्न भएको छ । विभागका इन्चार्ज तथा पार्टी प्रवक्ता  प्रकाण्डको अध्यक्षता सम्पन्न उक्त बैठकमा सहभागी सबै सदस्यहरुको अनुभव र समिक्षासहित राष्ट्रिय अर्थतन्त्रको संकटको विश्लेषण र वैज्ञानिक समाजवाद स्थापनाको संघर्षमा आर्थिक मोर्चाका तर्फबाट गर्नु पर्ने पहलसहित योजना प्रस्तुत गरेका थिए ।

बैठकले पार्टीको आगामी नवौं महाधिवेशनका लागि परियोजना निर्माण गरेको छ । आत्मनिर्भर पार्टीको निर्माण, परनिर्भरता र बेरोजगारीको अन्त्य र उत्पादनमुखी अर्थतन्त्रको निमित्त सार्वजनिक एवं सामूहिक श्रम तथा उत्पादन, र राष्ट्रिय पुँजीलाई विकास एवं सम्वर्धन गर्ने लगायतका विभिन्न नीति र योजनाहरुबारे बैठकमा छलफलका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिबारे व्यापक विश्लेषण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :