अखिल (क्रान्तिकारी) सल्यानद्वारा शैक्षिक सुधार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) सल्यानद्वारा शैक्षिक सुधार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) सल्यानको आयोजनामा दार्मा गाउँपालिका ५ मा शैक्षिक सुधार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दार्मा ५ मा रहेका विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, विद्यार्थी, अभिभावक,प्रहरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाउँ शिक्षा शाखाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।

शैक्षिक सुधार विषयक अन्तरक्रिया कार्यक्रममा विषय राख्ने सबैले शैक्षिक क्षेत्रमा तमाम प्रकारका संकट उत्पन्न भएको सुधारका निम्ति अखिल (क्रान्तिकारी) को धारणा माग गरेका थिए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) सल्यानका अध्यक्ष राजेन्द्र खड्का, संगठनका सचिव दिपक खड्का, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला समिति सदस्य दल बहादुर केसी, मित्रमणी खड्का र कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी सल्यानका कार्यलय सदस्य तथा पूर्व विद्यार्थी नेता मदन चन्दले उठेका विषयसहित आफ्नो धारणा राख्दै शैक्षिक क्षेत्र विकृत बनेको, यसको सुधारमा सरोकारवालाको सबैको ध्यान जानुपर्ने भन्दै शिक्षकहरु विद्यालय छाडेर पार्टीको प्रचार र राजनीति गर्दै हिड्नु गलत भएको, शिक्षामा व्यापार भइरहेको र यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थामार्फत वैज्ञानिक समाजवादी शिक्षा भएको जो निशुल्क, वैज्ञानिक, व्यवहारिक, रोजगारयुक्त,नेपालको प्राकृतिक उत्पादनसँग मेल खाने र रोजगारमुलक हुने बताएका छन् । उनले भने, `यसका निम्ति देश दलाल पुजीवादी सत्ता कि वैज्ञानिक समाजवाद जनतालाई फैसला गर्ने अधिकार जनमत संग्रहमा जान अनिवार्य भएको र यसका निम्ति हाम्रो संघर्ष छ ।`

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :