दैलेखमा जनसम्बन्ध सुदृढ तथा जनमत सँग्रहको लागि अभियान उद्घाटन

दैलेखमा जनसम्बन्ध सुदृढ तथा जनमत सँग्रहको लागि अभियान  उद्घाटन

नेपाल कम्युनिस्ट पार्टी दैलेखले आठबिस नगरपालिका वडा नं. ६ को खड्केगडानमा जनसम्बन्ध सुदृढ तथा जनमत सँग्रहको लागि अभियान अभियान उद्घाटन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पार्टी जिल्ला सेक्रेटरी दिपेन्द्रले विगतदेखि वर्तमानसम्म नेपाली जनताले आफ्नो राज्य व्यवस्थाका लागि संघर्ष गरेपनि व्यवस्था परिवर्तन नभएको कुरा बताए । जनताले लडेर राणा, पञ्चायत राजतन्त्र अन्त गरेर गणतन्त्र आए पनि जनताको व्यवस्था आइनसकेको कुरामा जोड गर्दै अहिले यो व्यवस्था जनताको नभई दलालहरुको व्यवस्था भएको उल्लेख गरे । दलाल सँसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था भएकोमा जोड गर्दै व्यक्ति र पार्टी रोज्ने सँसदीय निर्वाचन होइन व्यवस्था रोज्ने निर्वाचन लागि जनमत सँग्रह गरिनुपर्ने बताए । यो सँसदीय पार्टीहरुले जनतालाई पद, पैसा, चामल र लिचि बाँडेर क्षणिक स्वार्थको राजनीति गरेको बताउँदै जनतालाई सचेत हुन वैज्ञानिक समाजवादको पक्षमा उभिन अनुरोध गरे ।

आठबिस नगर समिति इन्चार्ज प्रकाश, अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य सुदर्शन, युवा सँगठनका केन्द्रीय सदस्य गोबिन्द, जनकलाकारबाट सभ्यता र सहिद परिवारबाट धनरुप थापा अतिथि रहेका थिए । कार्यक्रमको अध्यक्षता नगर सेक्रेटेरी लोगराज, सञ्चालन बम बहादुर बडुबाल र स्वागत मन्तब्य शिवराजले गरेका थिए । कार्यक्रममा अतिथिहरुलाई जनताले भव्य स्वागत गरेका थिए । प्रभात स्मृति जनसाँस्कृतिक परिवारका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :