संयुक्त राजनीतिक मोर्चाद्वारा राष्ट्रघाती एमसीसी खारेज गर्न माग गर्दै विरोध प्रदर्शन

संयुक्त राजनीतिक मोर्चाद्वारा राष्ट्रघाती एमसीसी खारेज गर्न माग गर्दै विरोध प्रदर्शन

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकस्थित संसदभवन अगाडिसम्म नारा र व्यानरसहित विरोध जुलुस गरेका छन् ।

विरोध सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसीको बहस संसदमा चलाउनै नमिल्ने र यो सम्झौतालाई संसदमा टेबुल गर्नै नपाइने बताए । उनले संसदवादीहरुले अति उत्तम भनेको र मानी आएको संविधानमा देशको सार्वभौमिकताको विषय अपरिवर्तनीय छ र यसबारे संसदमा बहससम्म पनि हुननसक्ने भएको ठोकुवा गर्दै एमसीसी सम्झौता देशको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतासँग जोडिएको विषय भएकाले यसबारे संसदमा बहसका लागि टेबुल गर्नै नपाइने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा यसबारे छलकपट गर्दैछन् र संसदमा टेबुल गरेर ओलीको साथ लिएर पास गर्न चाहन्छन् । त्यसैले यो षडयन्त्रलाई चिर्न एमसीसी सम्झौतालाई संसदमा टेबुल नै गर्न नहुने बताए ।

उक्त विरोधसभालाई राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी, साध्य बहादुर भण्डारी लगायतका नेताहरुले सम्वोधन गरेका थिए भने सभाको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्युरो सदस्य दिनेश शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :