नदेखिने शत्रु खतरनाक हुन्छ

नदेखिने शत्रु खतरनाक हुन्छ

म यहाँहरू सबैलाई यो भर्खरै पिँजडाबाट मुक्त भएको बन्दीका तर्फबाट हार्दिक अभिवादन टक्र्याउँछु । पहिलो कुरा त म हिजो साँझकै कुरा सुनाउन चाहन्छु । मलाई हिजो साँझ सबै छोडेर गए त्यो हस्पिटलको कोठाबाट । हाम्रा प्रहरी भाइहरू थिए बन्दुकसहित । उनीहरू के खानुहुन्छ सर भनेर पटकपटक सोधिरहन्थे । रातभर आँप काट्ने हो कि अथवा केरा खाने हो कि के खाने भनेर सोधिरहन्थे । तर उनीहरू सबै गैसकेपछि मलाई त्यो सोध्ने मान्छे कोही पनि भएन । त्यसकारणले यो जेलबाट मुक्त भएको हो वा के भएको हुँ भन्ने कुरा सपनाजस्तो भयो ।

कहिलेकहीँ कस्तो हुन्छ भने जेल पर्दाखेरि पहिलापहिला र अहिले पनि त्यस्तो चलन छ, हतकडी नबज्दा आज के भएको हो भन्ने लाग्थ्यो । त्यसकारणले एकातिर त्यो सम्झिएँ, भाइहरू कोही पनि छैनन्, सबै छोडेर गए । हिजोसम्म बन्दुकसहित रातभरि डिउटी गरिरन्थे । रातभरि बोलाइरहन्थे । आज त सिस्टरहरूले पनि बोलाउन छोडे । आज आरामसँग सुत्नुस् भन्न थाले । तिनीहरूले पनि ढोका बन्द गरेर गए । परिवारका सबै सदस्यहरू, जीवनसँगिनी पनि गइन्, त्यो सबै कुरा हेर्दाखेरि यो म मुक्त भएको हुँ कि झन् बन्दी भएको हुँ भन्ने अनुभूति हिजो साँझ भयो । त्यस्तै किसिमले म तपाईंहरूलाई के भन्न चाहन्छु भने पहिलो कुरा त जेल बाँझो ठाउँ हुन्छ । तपाईंहामी कसैले सोचेका हुँदैनौँ, परिस्थितिले कस्तो गराइदिन्छ भने परिस्थिति र आवश्यकताले त्यहाँ कार्यक्षेत्र तोकिदिन्छ । हामीलाई त्यो कार्यक्षेत्रमा गैसकेपछि हामी ढुङ्गामा पनि उम्रिन जान्नुपर्छ । हामीले त्यहाँ कम्युनिस्ट र कम्युनिजम रोपेर आउनुपर्छ । मैले त्यहाँ पनि कम्युनिज्मको गुराँस रोपेर आएको छु । यो देशमा त कम्युनिजमको गुराँस रोपिएकै थियो । दिरभरि फुलिरहेकै थिए, गराहरू सबै राताम्मे भएका थिए तर हामी दुःखका साथ भन्नुपर्छ अहिले हामी उहाँलाई कमरेड प्रचण्ड नभनौँ कमरेड प्रचण्ड भन्ने उतिबेलै थिए, साइनो हाम्रो अहिले त्यो टुटिसकेको छ । आज भनौँ पुष्पकमल दाहाल राम्रो छ नाम त पुष्पकमल दाहाल तर उहाँले बाटो बदल्नुभयो, त्यो गुराँसहरूलाई सिध्याउने बाटो लिनुभयो जसका कारणले हामीले के गर्यौँ त भन्दा अर्को एउटा नयाँ बाटो फेरि बनायौँ अथवा त्यो जनयुद्धलाई नयाँ तरिकाले अगाडि बढाउने प्रक्रिया अगाडि थाल्यौँ, त्यसलाई भन्यौँ हामीले एकीकृत जनक्रान्ति । एकीकृत जनक्रान्तिको प्रकियामा हामी अघि बढिरहेका थियौँ, अघि बढ्दैथ्यौँ । हामीले त के गरिराख्याथ्यौँ भने दलाल पुँजीवादका विरुद्ध लडिराखेका थियौँ । यो सरकार कतै यतैको हो कि आफूलाई कम्युनिस्ट भन्ने अलिकति कतै राष्ट्रवादको ढुकढुकी योसँग छ कि भन्ने हामीलाई लागेको थियो तर यो सरकार आफ्नै दालाल पुँजीवादी सरकार रहेछ । त्यसकारणले दलाल पुँजीवादी सरकारले हामीले दलालहरूका विरुद्ध लड्दा किन सहन्थ्यो, हामीलाई लखेटीलखेटी समात्यो र जेलभित्र कोच्यो । त्यसकारणले एउटा कुरा एकातिर दलाल पुँजीवादका विरुद्ध लड्दालड्दै एकीकृत जनक्रान्तिको एउटा प्रक्रियामा अगाडि बढ्दाबढ्दै हामी जेल पर्यौँ भने अर्कोतिर राम्रोसित के अनुभूति भएको छ भने बाहिरको दुस्मन सजिलै देख्न सकिन्छ । बन्दुक समातेको दुस्मन सजिलै देख्न सकिन्छ तर हाम्रै पार्टीभित्र, हाम्रै मानसिकतामा बन्दुक बोकेका मानिसहरू हुन्छन्, त्यस्ता मान्छेहरूले हामीलाई आफैँ गाडीमा लगेर प्रहरीलाई बुझाइदिए । यसकारणले बाहिरको सत्रुलाई जित्न सजिलो हुन्छ आदरणीय जनसमुदाय तथा साथीहरू बाहिरको सत्रुलाई हामी सजिलै परास्त गर्न सक्छौँ तर भित्रै, हामीभित्रै नदेखिने गरी त्यही झन्डा ओडेर, त्यही झन्डा लिएर अगाडि बढिरहेको छ । त्यसैले बदमासी गरिदिन्छ भने त्यहाँनेर ठूलो धोका हुन्छ जस्तो प्रचण्डहरूले गरे । प्रचण्डहरूले पनि त्यही गरेका हुन्, केपी ओलीहरूले पनि त्यही गरेका हुन् । यसकारणले आज हामीले के बुझ्न जरुरी छ भने दुस्मन खोज्न तपाईं परको दुस्मन हेरिराख्नुभएको छ, त्यहाँ नडराउनुस् । तपाईं आफैँभित्र दुस्मन छ कि भनेर सधैँ छामिरहनुस् । कतै म आफैँ पो बिग्रिराखेको छु कि भन्ने कुरा ठानिराख्नुस् यो अनुभूति मलाई भएको छ । किनकि मेरै साथीले ल्याएर गाडीमा ल्याएर बुझाइदियो । अगाडि फोन गरेर अगाडिपछाडिबाट गाडी मगायो, प्रहरीलाई बुझाइदियो । उनीहरूले गिरफ्तार गर्न सकेका थिएनन् । पहिला जब हाम्रै साथीको प्रयोग भयो तब बुझाइदियो । त्यसकारणले के बुझ्न जरुरी छ भने हामीभित्रैको दुस्मनलाई कसरी खोज्ने र त्यसलाई परास्त गर्ने त्यसरी बाहिरका दुस्मन सजिलै जित्न सकिन्छ हामीले जनयुद्धमा त्यस्ता ठूल्ठूला ब्यारेकहरू हानेर जित्यौँ तर हामीभित्रकै दुस्मन आइसकेपछि हामीले हार्यौँ देख्नुभयो नि ! हामीले कहिले हार्यौँं भन्दाखेरि २०६३ सालदेखि हार्दै जान थाल्यौँ । हामीले फेरि झन्डा उठायौँ । हामी फेरि अगाडि बढ्यौँ र यो प्रक्रियामा अगाडि बढ्दै जाँदाखेरि आज जेलमा फेरि परेँ म । तपाईंहरूलाई लामो कथा नसुनाऊँ । कहिले मौका पर्यो भने सुनाउँला तर आज म के मात्रै भन्न चाहन्छु भने म पञ्चायतकालमा पनि बारम्बार हिरासतमा परिराखेँ । पञ्चायत कालमा महेन्द्र प्रहरी क्लबमा कतिचोटि परियो, त्यति बेला त हामी सहर्ष गिरफ्तारी दिने भनेर असन, इन्द्रचोकमा भाषण गर्न जान्थ्यौँ । माइला लामा पनि यहाँ हुनुहुन्छ, त्यतिबेलाका थुप्रै साथीहरू यस्ता थिए । धर्मेन्द्र बास्तोला पनि हामीसँगै हुनुहुन्छ । त्यो बेलाको कुरा हो पञ्चायतले पनि त्यसै गर्यो लखेटिराख्यो ।

मलाई के लाग्छ भने जेलमा म एउटा ऐतिहासिक जेलमा बसेँ नख्खु जेलमा । त्यहाँ सीपी मैनालीहरू नख्खुको एउटा खोलाबाट सुरुङ खनेर निस्केका थिए । सीपी मैनाली एकताका हिरो नै थिए, मोहनचन्द्र अधिकारीहरू त्यहीँ बसेका थिए । केपी ओलीले चाहिँ अन्तिमअन्तिममा १४ वर्षमध्ये केही वर्ष नख्खुमै बिताएका थिए । त्यो जेलमा आज हामी पुग्दा थुप्रै मान्छेहरू भेट्यौँ । जेलका बारेमा तिनीहरू कहिले पनि बुझ्दैनन् । कहिलेकहीँ कस्तो हुँदोरहेछ भने हिलोमा फुलेको कमल मन्दिरमा चढिसकेपछि त्यसले हिलो बिर्सिसक्दोरहेछ । १४ वर्षसम्म त्यहाँ बसेका ती मानिसहरूले त्यहाँका साथीहरूका कस्ता दर्दनाक कथाहरू छन् भन्ने कुरा कहिल्यै सम्झेनन् । कहिल्यै एकचोटिसम्म गएनन् जेलको निरीक्षणमा ।

पञ्चायती व्यवस्थाको अन्त्य भयो र बहुदल आयो । गिरिजाप्रसाद कोइरालाको सरकार थियो । भर्खर त्यतिबेला फेरि जनयुद्ध के चलिराखेको थियो, मलाई फेरि बाजुरामा पठाइयो । बझाङमा पठाइयो । त्यहाँ पनि राम्रैसँग बिउ रोपिएको थियो, किन सहन्थ्यो ? त्यहाँ पनि समात्यो र जेलमा हाल्यो । त्यहाँ म ३ वर्ष बसेँ जहाँ अहिले कमरेड आदर्श कति वर्ष बसेर आउनुभएको छ । त्यस्तै किसिमले आज फेरि हाम्रै साथीहरूको सरकार, हाम्रै साथीहरू त नभनौँ, हाम्रा भूतपूर्व कमरेडहरू भन्नुपर्छ, यहाँहरूलाई हाम्रा भूतपूर्व कमरेडहरूको सरकार बन्यो । फेरि भर्खरै एकीकृत जनक्रान्तिको प्रक्रिया के अगाडि बढाएका थियौँ, यो सरकारले हामीलाई समात्यो । हामीलाई त समात्यो मात्रै, कुमार पौडेलहरूलाई मार्यो, निरकुमार राईहरूलाई मार्यो, हाम्रा महानलगायत १२ जना साथीले बलिदान गर्नुभयो । त्यसकारणले यो प्रक्रियाबाट आज फेरि जेल परेर, एउटा समयलाई नै गन्ने हो भने, वर्षलाई गन्ने हो भनेदेखि ४ वर्षपछि तपाईंहरूको बीचमा फेरि आउन पाएको छु । तपाईंले कतै चन्द्रगुप्त मौर्यको कथा पढ्नु/सुन्नुभएको छ भने त्यो चन्द्रगुप्त मौर्यको कथामा के छ भने चन्द्रगुप्त पनि जेल पर्छ । अर्को चाणक्य भन्नेछ त्यो पनि जेल पर्छ । तिनीहरू जेल परेका हुन्छन् र अरू पनि त्यहाँ हुन्छन् । पहिले एउटा सानो बच्चा हुन्छ । बाहिर कस्तो छ, संसार भन्छ त्यो बच्चाले । चाणक्यले सुतेर त्यो बच्चालाई जबाफ दिन्छ– बाहिर निलो आकाश हुन्छ । चराहरू स्वतन्त्रतापूर्वक उडिरहेका हुन्छन् । बनकुञ्ज हरियाली हुन्छ । थुप्रै मिर्गहरू खेलिरहेका हुन्छन् । यी जेलका थोरै अनुभूतिहरू हुन् । मलाई के लाग्छ भने जेलमा म एउटा ऐतिहासिक जेलमा बसेँ नख्खु जेलमा । त्यहाँ सीपी मैनालीहरू नख्खुको एउटा खोलाबाट सुरुङ खनेर निस्केका थिए । सीपी मैनाली एकताका हिरो नै थिए, मोहनचन्द्र अधिकारीहरू त्यहीँ बसेका थिए । केपी ओलीले चाहिँ अन्तिमअन्तिममा १४ वर्षमध्ये केही वर्ष नख्खुमै बिताएका थिए । त्यो जेलमा आज हामी पुग्दा थुप्रै मान्छेहरू भेट्यौँ । जेलका बारेमा तिनीहरू कहिले पनि बुझ्दैनन् । कहिलेकहीँ कस्तो हुँदोरहेछ भने हिलोमा फुलेको कमल मन्दिरमा चढिसकेपछि त्यसले हिलो बिर्सिसक्दोरहेछ । १४ वर्षसम्म त्यहाँ बसेका ती मानिसहरूले त्यहाँका साथीहरूका कस्ता दर्दनाक कथाहरू छन् भन्ने कुरा कहिल्यै सम्झेनन् । कहिल्यै एकचोटिसम्म गएनन् जेलको निरीक्षणमा । काङ्ग्रेसका शेरबहादुर देउवा १० वर्ष जेल बसेका थिए । उनको जिब्रो डामिएको थियो जसले गर्दा अहिले प्रस्ट बोल्नै सक्दैनन् । त्यस्तै १४ वर्ष बसेका थिए रामचन्द्र पौडेल । यी सबै तपाईंहरूले हेर्नुभयो भने १७ वर्ष त हाम्रो मोहनचन्द्र अधिकारी बसेका थिए । बिचरा उनी त बूढा पनि भैसके । सोझोसीधा हुनुको परिणाम त्यस्तै हुँदोरहेछ । उहाँलाई किनारा लगाइदिए एमालेका साथीहरूले । त्यसकारणले हामी के बुझौँ भने यो जेलका बारेमा मान्छेहरूले धेरै बुझेका छैनन् । मान्छेहरूलाई के लाग्छ भने जेल भनेको अपराधी बस्ने ठाउँ हो । माइला लामा सङ्खुवासभा जेलमा बस्नुभयो । उहाँ नख्खुमा पनि बसेर जानुभयो । हाम्रा थुप्रै साथीहरूका धेरै अनुभव–अनुभूति छ देशभरीको । जेलका बारेमा म एकदम ठोकुवाका साथ भन्छु– ५० प्रतिशतभन्दा बढी निर्दोष मान्छे परेका हुन्छन् । लागूपदार्थमा परेका छन् भने ती भरियाहरू मात्रै हुन्, मुख्य छैनन् आदिइत्यादि भन्ने हुन्छन् नि यिनि यी जबर्जस्ती करणी गर्नेहरू, कस्ता परेका हुन्छन। भने जसका हातखुट्टै चल्दैनन्, जसलाई अदालतले पनि हैन नै भन्छ भन्न तर कागजमा त्यस्तो लेखिदिएछ प्रहरीले हेर्नुस् है, यसकारणले अब त्यस्ता साथीहरू त्यहाँ परेका छन् । अनेक खालका राजनीतिक बन्दीहरू त राजनीतिक बन्दीहरू नै भैहाले । त्यसकारणले म के भन्न चाहन्छु भने जेल भनेको के हो भने खराब काम गरेका मान्छेहरूले शासन गरेको देशमा असल मान्छेहरू बस्ने ठाउँ जेल हो । जुन देशमा खराब मान्छेहरूले शासन गरेका छन्, जुन देशमा शोषकहरूले शासन गरेका छन्, जुन देशमा सबैभन्दा नालायक हरामहरूले शासन गरेका छन्, त्यो देशमा असल मान्छे बस्ने ठाउँ भनेको जेल हो । तपस्या हुन्छ नि, तपाईंहरूलाई थाहा छ ? तपाईंहरूलाई राम्रोसँग थाहा छ पौराणिक कथबको पात्र श्रीकृष्ण कहाँ जन्मिएको थियो ? जेलमा । देवकी र वासुदेवको छोरो हैन कृष्ण ? हामीले पौराणिक कथाहरू हेर्यौँ भने उनी ८ औँ सन्तान थिए । त्यो तपस्यास्थल हो । जेल ठूलो विश्वविद्यालय हो । म बाहिर हुँदा कार्ल मार्क्ससित त्यति परिचित थिइनँ । यसपालि मैले मार्क्सका बारेमा राम्रोसित पढेँ । मार्क्ससित साक्षात् कुरा गरेँ । मैले जम्मा ५ घन्टा मात्रै सुतेर कुराकानी गरेको छु । त्यति मात्रै होइन, मैले ती सबै कुरालाई हेरेपछि मार्क्सवाद पुरानो भयो भन्नेहरूलाई जबाफ दिने दिव्यास्त्र लिएर आएको छु । नडराउनुस् तपाईंहरू, वैज्ञानिक समाजवाद वैज्ञानिक छ । किन वैज्ञानिक छ भने त्यो अब आउने विकल्पै त्यही हो । किन विकल्प हो भने अब संसदीय व्यवस्थाले हुन्छ त ? देख्नुभयो त संसदीय व्यवस्था भनेको केहो ? म एउटा उदाहरण दिन्छु संसदीय व्यवस्थाको एउटा राम्रो प्रचार भैरहेको कुरा के हो भने डेमोक्रेसी भनेको मतलब प्रजातान्त्र । प्रचण्डजीले के गरेका हुन् भने जनयुद्धमा जादाँखेरि त जग्गा बेचेर गका हुन् नि । आज अर्बौं पैसा छ भन्छन् । कसरी आयो त्यो ? ल मान्नुस् तीन तोला सुन मात्रै हो भने गाडी चढिराखेका छन् । अझ अगुवापछुवा छन् ! त्यो कसरी सम्भव भयो ?

आज म निलो आकाशमुनि फेरि आएको छु र तपाईंहरूका बीचमा आएको छु । त्यसकारणले यो त्यसै आएको छैन । यसबारे केही कुरा भन्नुपर्ने हुन्छ र केही आभार प्रकट गर्नुपर्ने हुन्छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी जसको नेतृत्व महासचिव कमरेड विप्लवले गर्नुभएको छ । पार्टीको केन्द्रीय समितिले जुन पहल गर्यो, पार्टीमा रहेका हरेक साथीले जुन खालको पहल गर्नुभयो, जुन खालको मोर्चा बन्यो, त्यो मोर्चाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्यो । बाहिरका साथीहरूले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । यसकारणले त्यो मोर्चाले आफ्नो ठाउँमा धेरै महत्वपूर्ण र धेरै अर्थपूर्ण भूमिका निर्वाह गरेको छ र असाध्यै लडाइँ लडेको छ । त्यहाँनेर बारम्बार अदालतका काइते कुराहरूले हैरान पारेका छन् उहाँहरूले लडेर अन्ततः फेरि त्यो मोर्चा पनि जित्नुभयो । त्यसकारणले म जेलमुक्त हुनुको अर्थ म आएको होइन, यो पार्टी आएको हो । यसका लागि कानुनी मोर्चाबाट साथीहरूले जुन भूमिका निर्वाह गर्नुभयो, उहाँहरू आउनुभएको हो । यस्तै किसिमले तपाईंहरूले पनि सडकमा व्यापक आवाज उठाउनुभयो । त्यो आवाजले पनि म आएको हुँ । मानवअधिकारवादीहरूले पनि विभिन्न तरिकाले आवाज उठाउनुभयो । केही सत्ताधारी पार्टीभित्रका रहेका क्रान्तिकारी साथीहरूले पनि आवाज उठाउनुभयो । त्यसकारणले म तपाईंहरूलाई के भन्न चाहन्छु भने हाम्रो पार्टीको नेतृत्वमा रहेका सबै निकायहरू र त्यस्तै किसिमले कानुनी मोर्चा, त्यस्तै किसिमले अनेक मोर्चामा साथीहरूले आआफ्नो विशिष्ट मोर्चामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ, उहाँहरू सबैलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु ।

(नेकपा केन्द्रीय सचिवालय सदस्य सुदर्शनले २८ महिना लामो जेल जीवन व्यतीत गरेर असार ३१ गते मुक्त भएपछि काठमाडौँ चक्रपथमा आयोजित अभिनन्दन समारोहमा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :