तुलसीपुरमा जबस/मोर्चाहरूको संयुक्त नगर भेला, ११ जनाले गरे नेकपामा प्रबेश

तुलसीपुरमा जबस/मोर्चाहरूको संयुक्त नगर भेला, ११ जनाले गरे नेकपामा प्रबेश

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट जवस/मोर्चाहरूको तुलसीपुर उप–महानगर स्तरीय संयुक्त नगर भेला सम्पन्न भएको छ । पार्टी निकट राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल, श्रमिक समुदाय मोर्चा नेपाल, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), मगर मुक्ति मोर्चा नेपाल र अनेमसङ्घ क्रान्तिकारी दाङ जिल्ला अन्तर्गत तुलसीपुर उप–महानगरपालिका स्तरीय संयुक्त प्रथम नगर भेला सम्पन्न भएको हो ।

जबस/मोर्चाहरूको संयुक्त नगर भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले संसदीय व्यवस्थाका दलाल शासकहरूसँग जनमतसङ्ग्रह खोसेर ल्याउने बताए । उनले व्यवस्था चुन्ने अधिकारका लागि जनमतसङ्ग्रहको घोषणा नगरे आफूहरूले जनताको बलद्वारा जनमतसङ्ग्रहको अधिकार खोस्ने बताए । ‘यो सरकारको विकल्पमा आफ्नो पार्टीले प्रगतिशील संयुक्त सरकार गठन गरि त्यही सरकारको नेतृत्वमा संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने बिषयमा जनमतसङ्ग्रह गर्ने कार्यनीतिक एजेन्डा लिएर जनतामा गइरहेको छ ।’ सेक्रेटरी प्रदिपले भने, ‘वैज्ञानिक समाजवादको पक्षमा उत्साहजनक जनमत प्राप्त हुने खतरा देखेर आफूलाई लोकतान्त्रिक, प्रजातान्त्रिक भन्ने र कम्युनिस्टहरूलाई बन्दुके अधिनायकवादी देख्ने मुठ्ठीभर मालिकहरू अत्तालिएका छन् ।’

एक फरक प्रसङ्गमा नेता प्रदिपले तीनबुँदे सहमति कार्यान्वयन नगरेर राज्यले षड्यन्त्र गरिरहेको समेत बताए । उनले तत्कालीन केपी वली नेतृत्वको सरकारले आफ्नो पार्टीसँग गरेको तीनबुँदे सहमति इमानदारिताका साथ कार्यान्वयन गर्न माग गरे । आफ्नो पार्टीले तीनबुँदे सहमति इमानदारीपूर्वक कार्यान्वयन गरिरहेको तर राज्यले सहमतिलाई उल्लङ्घन गरेकोप्रति कडा आक्रोश पोख्दै नेता प्रदिपले सहमति लागू नगरिए आफ्नो पार्टीले सरकारी बन्दुके घेरा तोडेर जनतामा जाने उदघोष गरे ।

यसैगरी मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला अध्यक्ष सिबेन्द्र, अखिल नेपाल शिक्षक सङ्गठन दाङ जिल्ला कोषाध्यक्ष मेघराज घिमिरे, अनेमसङ्घ क्रान्तिकारी दाङका अध्यक्ष रेखा, जनपत्रकार सङ्गठन नेपाल दाङका अध्यक्ष हेमन्त, राष्ट्रिय कर्मचारी महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष नरबहादुर रोका, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य एवम् दाङका अध्यक्ष सञ्जय, स्कुलिङ विभाग दाङ जिल्ला प्रमुख एवम् नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ लुम्बिनी प्रदेश इन्चार्ज रुद्र, नेकपा दाङ जिल्ला कमिटी सदस्य राजकुमार, सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती, युवा सङ्गठन नेपालका केन्द्रीय सचिव तिलक, नेकपा दाङ जिल्ला कार्यालय सदस्य एवम् तुलसीपुर उप–महानगर इन्चार्ज बिकाश, नेकपा दाङ जिल्ला कार्यालय सदस्य एवम् जिल्ला उत्पादन बिभाग प्रमुख किरणले शुभकामना मन्तव्य राखेका थिए ।

जवस/मोर्चाहरूको प्रथम नगर भेलाले टोपबहादुर पुनको अध्यक्षतामा १४ सदस्यीय मगर मुक्ति मोर्चा नेपाल तुलसीपुर उप–महानगर कमिटी चयन गरेको छ । यस्तै भेलाले बालकृष्ण खरालको अध्यक्षतामा १९ सदस्यीय अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) तुलसीपुर उप–महानगर कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा खुसलाल चौधरी, सचिवमा खिमबहादुर रावत, सह–सचिवमा तिलक खड्का र कोषाध्यक्षमा गोबिन्द खड्कालाई चयन गरिएको छ । संयुक्त जवस/मोर्चाहरूको प्रथम नगर भेलाले गेहेन्द्र गिरीको अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल तुलसीपुर उप–महानगर कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा अंगु चौधरी, सचिवमा खुसिराम चौधरी, सह–सचिवमा सुन्दरलाई चयन गरिएको छ । तुलसीपुर उप–महानगरपालिका स्तरीय संयुक्त जवस/मोर्चाहरूको भेलाले पबित्रा रैदासको अध्यक्षतामा १४ सदस्यीय श्रमिक समुदाय मोर्चा नेपालको कमिटी चयन गरेको छ । यस्तै भेलाले कमला केसीको अध्यक्षतामा १८ सदस्यीय अनेम सङ्घ क्रान्तिकारी तुलसीपुर उप–महानगर कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा रमा स्वर्णकार, सचिवमा कमला बस्नेत, सह–सचिवमा दर्शना मल्ल र कोषाध्यक्षमा भावना केसीलाई चयन गरेको हो ।

कार्यक्रममा जवस/मोर्चाका नबनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई मन्तव्य कार्यक्रमका अतिथि नेकपा दाङ जिल्ला सदस्य एवम् तुलसीपुर उप–महानगरपालिका वडा नं.७ इन्चार्ज भरत, नेकपा दाङ जिल्ला सदस्य एवम् पार्टी तुलसीपुर उप–महानगर वडा नं. १३, १४ र १५ इन्चार्ज शिव, नेकपा दाङ जिल्ला सदस्य एवम् पार्टी तुलसीपुर उप–महानगर वडा नं.१८ र १९ इन्चार्ज खड्क, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य जिवनी, नेकपा दाङ जिल्ला सदस्य एवम् तुलसीपुर उप–महानगर वडा नं.५ इन्चार्ज इश्वरीले राखेका थिए ।

अनेम सङ्घ क्रान्तिकारी दाङ जिल्ला सदस्य कमला रोकायाको स्वागत मन्तव्यबाट सुरु भएको संयुक्त नगर भेलाको अध्यक्षता अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष पोषणले गरेका थिए भने भेलाको सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य बिजय मल्लले गरेका थिए ।

त्यसैगरी विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश

नेपाल कम्युनिस्ट पार्टी निकट जवस/मोर्चाहरूको संयुक्त तुलसीपुर नगर भेला कार्यक्रममा विभिन्न संसद्‌वादी पार्टी परित्याग गरि ११ जनाले नेपाल कम्युनिस्ट पार्टी प्रबेश गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मा आवद्ध तुलसीपुर उप–महानगरपालिका अन्तर्गत विभिन्न वडाका नेता–कार्यकर्ताहरूले नेकपामा प्रवेश गरेका हुन् ।

प्रबेश गर्नेहरूमा तुलसीपुर उप–महानगरपालिका वडा नं.१ निवासी विकाश रोका, धनसिंह बिक, निमबहादुर वली र निमबहादुर बिक रहेका छन् । यस्तै तुलसीपुर उप–महानगरपालिका वडा नं. ३ निवासी सीता रोका र राधिका रोकाले नेकपा प्रबेश गरेका छन् । तुलसीपुर उप–महानगरपालिका वडा नं. ७ निवासी छाया कुमाल, वडा नं. १४ निवासी खुसीराम चौधरी, वडा नं.१६ निवासी दामोदर लम्साल, वडा नं.१९ निवासी धना वली, वडा नं. १७ निवासी वलबहादुर खड्काले नेकपा प्रबेश गरेका छन् ।

पार्टीमा नवप्रबेशीलाई नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप लगायतका नेताहरूले अविरमालासहित पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :