नेकपा धादिङद्वारा निलकण्ठ नगरपालिकाको प्रथम भेला सम्पन्न

नेकपा धादिङद्वारा निलकण्ठ नगरपालिकाको प्रथम भेला सम्पन्न

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङले सङ्गठन विस्तार तथा जनसम्बन्ध अभियान जारी राखेको छ । सोही अभियानको क्रममा नेकपा धादिङले निलकण्ठ नगर समतिको प्रथम भेला नगर सेक्रेटरी हरिप्रसाद खतिवडाको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

भेलामा जिल्ला सेक्रेटरी सुमन क्षेत्रीको प्रमुख आथित्यतामा र जिल्ला पुर्व सेक्रेटरी प्रवेशको पनि उपस्थित रहेको थियो । भेलालाई सम्बोधन गर्दै सुमनले संसदवादी राजनीतिक पार्टीहरू फेरि चुनावी अभियानमा लागेकाले तपाईहरूले ध्यान दिनुपर्ने र तपाईं हाम्रो मतको दुरुपयोग गरेकाले खबरदारी गर्नुपर्ने बताए । उनले संसदीय चुनाव होइन, अब जनताको व्यावस्था वैज्ञानिक समाजवादी व्यावस्था कि पुँजीवादी व्यावस्थाको चुनावको जनमतसङ्ग्रहको चुनावमा भनेर हुने चुनावमा मात्र जानुपर्ने धारण राखे ।

त्यसैगरी नगर सेक्रेटरी हरिप्रसाद खतिवडाले पछाडि पुच्छर झुन्डाइएको पार्टीहरू कुनै पनि कम्युनिस्ट पार्टी नभएको भन्दै उनीहरू सबै नक्कली कम्युनिस्ट पार्टी भएको बताए । उनले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी मात्रै असली कम्युनिस्ट भएकोले सबै वास्तविक कम्युनिस्टहरू एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबद हुन सबैलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :