विद्यार्थी जागरण अभियान -२०७८ प्युठानमा उद्घाटन

विद्यार्थी जागरण अभियान -२०७८ प्युठानमा उद्घाटन

प्युठानः वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रह भन्ने मूल नारासहित विद्यार्थी जागरण अभियान २०७८ सोमबार प्युठानमा उद्घाटन भएको छ ।अखिल (क्रान्तिकारी) प्युठान जिल्ला समितिको आयोजनामा जिल्लाको प्रमुख विद्यालयको रुपमा रहेको मुक्ति मा. वि. रातामाटामा एक कार्यक्रमका बिच अभियानको उद्घाटन गरिएको हो ।

अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्यूठानका इन्चार्ज जागृतिले नेपालमा दलाद संसदीय व्यवस्था असफल भैसकेकाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न र वैज्ञानिक, व्यवहारिक तथा प्रविधिमैत्री शिक्षा प्रणाली लागू गर्न क्रान्तिकारी जुझारु युवा विद्यार्थीहरुको सचेत पहलको अपरिहार्य आवश्यकता रहेको बताए । उनले अब नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रहको विषयमा युवा विद्यार्थीहरुले गाउँगाउँमा बस्ती तथा हरेक समुदाय स्तरमा बहस, पैरवी गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय सदस्य तथा नेकपा प्युठानका सचिवालय सदस्य याङ्क पुन मगरले नेपलमा शिक्षा २ प्रकारको रहेकाले हुनेखानेहरुको शिक्षा र हुँदाखानेहरुको शिक्षाको खाडल मेटाउदै शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा नेकपा प्युठानका सेक्रेटरी अजय घर्ती मगर, जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष राजेन्द्र रावत क्षेत्री, मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य नर बहादुर थापा, अखिल (क्रान्तिकारी) प्युठानका कोषाध्यक्ष बिनिता बुढा मगर लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारी प्युठानका अध्यक्ष गगन गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :