युवा सङ्गठन नेपाल गण्डकी प्रदेशको प्रथम बैठक सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल गण्डकी प्रदेशको प्रथम विस्तारित बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शनिबार पोखरामा भएको सङ्गठनको प्रथम बैठकले दुई महिनासम्म सञ्चालन हुने जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियानको उद्घाटन प्रदेशका तीन ठाउँमा गर्ने निर्णयसहित बैठक सम्पन्न गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवम् कास्की, मनाङ जिल्ला इन्चार्ज उमा भुजेलको प्रमुख अतिथ्यतामा बसेको उक्त बैठकले पुष ११ गते माओ जयन्तीको दिन गण्डकी प्रदेश अन्तर्गत कास्की, बाग्लुङ र लमजुङमा एकसाथ अभियान उद्घाटन शुरु गरिने युवा सङ्गठन नेपाल गण्डकी प्रदेशका इन्चार्ज इन्द्र बिक्रम साउँदले बताए ।

संयोजक साउँदको अध्यक्षतामा बसेको बैठकमा युवा सङ्गठन नेपाल गण्डकी प्रदेश अन्तर्गत पर्ने जिल्लाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :