अखिल (क्रान्तिकारी) चितवनको क्याम्पस जिल्ला संयोजकमा सिद्धान्त

अखिल (क्रान्तिकारी) चितवनको क्याम्पस जिल्ला संयोजकमा सिद्धान्त

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति, चितवनको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार भरतपुरको विरेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो । बैठकले सङ्गठनका केन्द्रीय सदस्य केशबराज भट्टराई ‘सिद्धान्त’ को संयोजकत्वमा २५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल प्रमुख अतिथि रहेका थिए । त्यसैगरी अतिथिमा सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा बागमती पश्चिम विशेष प्रदेशका इन्चार्ज सुरेन्द्र बस्नेत, केन्द्रीय सदस्य तथा CTEVT चितवन जिल्ला इन्चार्ज लक्ष्मण विक, केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज रेम्बोर्जे रहेका थिए ।

बैठकको अध्यक्षता सङ्गठनका केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला इन्चार्ज सिद्धान्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :