महासचिव विप्लवद्वारा भिमफेदी कारागारका राजनीतिक बन्दीहरुसँग भेटघाट

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले मकवानपुरको भिमफेदी कारागारमा रहेका राजनीतिक बन्दीहरुसँग भेटघाट गरेका छन् । भेटका क्रममा भिमफेदी कारागारका सबै राजनीतिक बन्दीहरुले आफूहरुले क्रान्तिका पक्षमा नहडबडाकन जेल मोर्चामा लडिरहेको र पार्टी नेतृत्वले पनि सम्पूर्ण मोर्चामा क्रान्तिलाई विजयमा पुर्याउन आग्रह गरेका थिए ।

महासचिव विप्लवले जेल मोर्चाको संघर्षमा धैर्यतापूर्वक संघर्ष गरिरहेकोमा सबै राजनीतिक बन्दीहरुलाई धन्यवाद ज्ञापन गर्दै सरकारसँग ३ बुँदे सहमति कार्यान्वयन गर्दै सम्पूर्ण बन्दी नेताकार्यकर्ताहरुलाई रिहा गराउन थप पहल गरिरहेको बताए । बन्दीहरुले राखेको समसामयिक राजनीतिक जिज्ञासामा प्रष्ट पार्दै महासचिव विप्लवले सम्पूर्ण बन्दीका परिवारहरुको अवस्थाको बारेमा पनि जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :