अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को तेस्रो पूर्ण बैठक सम्पन्न

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को तेस्रो पूर्ण बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । सङ्गठनका अध्यक्ष हरि श्रेष्ठले बुधबार प्रेस वक्तव्यमार्फत मङ्सिर १३ र १४ गते चितवनमा तेस्रो पूर्ण बैठक सम्पन्न भएको जानकारी गराएका छन् । साथै उनले बैठकले आगामी पुस २ गतेबाट तीनमहिने अभियान सञ्चालन गर्ने र अभियानका क्रममा किसानका जिल्ला भेला, सम्मेलन सम्पन्न गर्नुका साथै नजिकबाट किसानका समस्या बुझ्ने, राष्ट्रघाती एमसीसी, महँगी, भ्रष्टाचार, अनुदानमा अनियमिततालगायत विकृति, विसङ्गति र बेथितिको भण्डाफोर गर्दै किसानलाई जागृत गाराउने निर्णय गरेको बताए ।

वक्तव्यमा भनिएको छ, ‘अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को तेस्रो पूर्ण बैठक यहि मिति २०७८ साल मङ्सिर १३ –१४ गते क. हरि श्रेष्ठको अध्यक्षमा चितवन जिल्ला भरतपुर महानगरपालिकामा सम्पन्न भयो । यस बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, अथिति ने.क.पा. केन्द्रीय सदस्य तथा अ.ने.कि महासङ्घ (क्रान्तिकारी) फ्यासन इन्चाज क. सन्देश पौडेल, ने.क.पा. केन्द्रीय कार्यालय सचिव क. असल, के.स.तथा रातोखबर प्रकाशन निर्देशक प्रज्वलन, चितवन जिल्ला विशेष कमीटी क. महेश, क. ध्रुव, क. रुद्र र चितवन जिल्ला सचिव क. मिन प्रसादलले गर्नु भएको थियो भने बैठकको सञ्चालन महासङ्घकै महासिचव क. सागर अर्यालले गर्नु भएको थियो । बैठकमा ज्ञात तथा अज्ञात सहिदहरूप्रति एक मिनेट मौन धारण गरियो भने बेपता तथा घाइते योद्धाप्रति सम्मान प्रकट गरियो ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘बैठकमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष क. हरि श्रेष्ठले दस्तावेज प्रस्तुत गर्नु भयो । देशभरिबाट आउनु हुने अ.ने.कि. महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सदस्य कमरेडहरुले आ–आफ्नो परिचयसहित रिर्पोटिङ्ग राख्नु भयो । रिपोटिङ्गमा उठेका प्रश्नको उत्तर र दस्तावेज माथि कमरेड हरि श्रेष्ठले सानदर तरिकाले उत्तर दिनु भयो । अ.ने.कि. महासङ्घ (क्रान्तिकारी) फ्यासन इन्चाज क. सन्देशले किसानका जल्दाबल्दा समस्या र किसानका तर्फबाट उपस्थित कमरेडलाई प्रशिक्षण गनु भयो । बैठकमा प्रतिबन्धमा हिराशत रहि मुक्त हुनुहुने किसान कमरेडहरूलाई सम्मान गरियो भने विगतदेखि किसानमा काम गर्दै आएका किसान केन्द्रीय सदस्य क. झमनसिंह बलम्पाकी पार्टीले बढुवा गरी जिल्ला सचिव बनाएकोमा किसानबाट स–सम्मान बिदाई गरियो ।’

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘बैठकमा प्रमुख अथिति ने.क.पा. महासचिव क. विप्लवले किसानका नेताले उठाएका प्रश्नको उत्तर र किसानलाई अगाडि बढ्ने आगामी कार्ययोजना सहित पार्टीप्रति वा देशमा भएका समस्यालाई प्रशिक्षण गर्नु भयो र वैज्ञानिक समाजवादमा मात्र किसानका सम्पूर्ण समस्याहरू हल हुने बताउनु भयो र नेता वा पार्टी चुन्ने चुनाव नभएर जनमतसङ्ग्रहमा जानुपर्ने कुरा बताउनु भयो । बैठकले निर्णय गरिएको कार्ययोजना – (१) बैठकले दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गर्यो । अभियानको उद्घाटन यहि मिति २०७८ पौष ०२ बाट तीन टोलीबाट सञ्चान गर्ने ।, (२) क. हरि श्रेष्ठको नेतृत्वमा सिन्धुपाल्चोकबाट, क. सागर अर्यालको नेतृत्वमा ताप्लेजुङ्गबाट र क. कालीबहादुर शाहीको नेतृत्वमा वझाङ्गबाट सञ्चालन गर्ने निर्णय गरियो ।, (३) अभियानको क्रममा जिल्ला भेला बैठक र अन्तरक्रिया गर्दै अभियान सञ्चालन हुने र किसानका समस्यहरूप्रति छलफल गर्ने, देशका विचौलिया अनुदानमा भएको घोटला, महँगी, भ्रष्टाचार, कालोबजारी र पेट्रोलियम पदार्थको वृद्धि र राष्ट्रघाती एमसीसीविरुद्ध भण्डाफोर गर्ने निर्णय गरियो ।, (४) अभियानका क्रममा सदस्य वितरण, भित्ते लेखन, पर्चा वितरण गर्ने । र (५) अवैध कृषि उत्पादन क्वारेन्टाइन नगरी आएका बस्तु नष्ट गर्ने ।’ प्रेस वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :