प्रचण्डको भ्रमपूर्ण हल्लाको पछि नलागौँ : रणदीप

प्रचण्डको भ्रमपूर्ण हल्लाको पछि नलागौँ : रणदीप

कालिकोट: नेपाल कम्युनिष्ट पार्टी पचाल झरना गाउँ कमिटीले आयोजना गरेको सांस्कृतिक जनसभा सम्पन्न भएको छ । पचाल झरनाको धमालीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि रहेका कालिकोट जिल्ला सेक्रेटरी रणदिपले माओवादी केन्द्रले शहिदहरुको रगतको अपमान गरेको गरेको अरोप लगाए ।

दलाल संसदिय व्यावस्थाको निम्ति माओवादीले जनयुद्व गरेको नभई देश र जनताको मुक्ति वा विजयका निम्ति लडेको बताए । ।

‘संसदवादी पार्टीका नेता कार्यकर्ताले ५ वर्षमा शहिदलाई बिर्सिसकेका थिए ।’ सभालाई सम्बोधन गर्दै रणदीपले भने, ‘अहिले जनतालाई चुनावी ढाल बनाउन, जनतामा मुलाम भएर आएका छन् । यो आगामी संसदिय÷ स्थानीय चुनाव अभियान भनेको जनतालाई ठग्ने र लुटने अभियान हो।’

उनले अगाडि भने, ‘स्थानीय चुनावी वातावरण बनाउनका निम्ति जनतामा झन ठग राजनीति गरेका छन ।’ इमान्दारीकता नैतिकता नभएको राजनीति र व्यवस्था भनेको यही संसदिय व्यावस्था हो यसले जनता ठग्ने र लुटने बाहेक जनताको अर्को कुनै सेवा नगर्ने र अधिकार नदिने बताए ।

नेकपाको लडाई भनेको एकीकृत जनक्रान्तिबाट आउने वैज्ञानिक समाजवादले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि भएको बताए । ‘दलाल संसदिय व्यवस्थाद्वारा महंगी भ्रष्टचार कालो बजारीले जनतालाई सास्ती दिएको छ । त्यसका विरुद्व पार्टी डटेर जनताको पक्षमा लड्छौँ ।’ उनले भने ।

माकेका अध्यक्ष प्रचण्डले विप्लवसँग पार्टी एकताको हल्ला चलाएर छलकपट गर्न खोजेको उनको भनाई छ । ‘जनसमुदायमा प्रचण्डको भ्रमपूर्ण हल्लामा नलाग्न आग्रह गर्दछु ।’ उनले भने, ‘संसदवादी पार्टी नेता धेरै भए पनि जनता लुटदा, ठग्दा दमान गर्दा एक ढिक्का हुन्छन् । संसदिय प्रदुषणको उन्मुक्ति दिने नेकपाको नेतृत्वमा एकीकृत जनक्रान्तिबाट वैज्ञानिक समाजवादले हो ।’

सहिद समृति गाउँ कमिटी इन्चाज साहासीले नेकपाको राजनीतिक लडाई भनेको जनताको मुक्ती सुनिश्चत गर्ने, जनतालाई अधिकार सम्पन्न बनाउने लडाई भएको बताए ।

‘यो लडाईले जनताको अधिकार ग्यारेण्डी गर्ने, जनताको सेवा गर्ने, जनताको सेवक राज्य भनेको वैज्ञानिक समाजवाद नै हो ।’ उनले भने, ‘वैज्ञानिक समाजवाद प्राप्तिको निम्ति एकिकृत जनक्रान्ति गरिरहेको छ । जनतालाई साथ दिन आग्रह गर्दछौँ ।’

पार्टीको वैज्ञानिक समाजवाद बाहेक अर्को कुनै उदेश्य नरहेको प्रष्ट पार्दै उनले भने, ‘संसदवादी राजनीतिक पार्टीको राजनीति भनेको संसदिय व्यवस्थालाई सुदृढ गर्ने संसदिय व्यवस्था टिकाउने हो । यो भनेको जनतालाई लुटने, ठग्ने, शोषण गर्ने, दमन गर्ने महंगी, कमिसन, कालोबजारी, सामाजिक विकृति लाद्ने, निरंकुशताको निरन्तरता हो ।’

सांस्कृतिक जनसभा कार्यक्रममा जनप्रभात स्मृति जनकलाकारको बेजोड प्रस्तुत रहेको थियो । साँस्कृतिक कार्यक्रममा ५ ०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्र परित्याग गरि विप्लव नेतृत्वको नेकपामा ५ जनाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :